उर्लाबारीमा युवा लक्षित सीपमुलक तालिम

Enepal Patra Pvt. Ltd. , ४८१  पटक हेरिएको

उर्लाबारी, ४ पुस । मोरङको उर्लाबारी नगरपालिकाले युवा लक्षित कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । लोक सेवा आयोगको तयारी कक्षा,कुक–वेटर–हाउस किपिङ–रुमब्वाई तालिम पुस १० गते सुरु भएका छन् । यस्तै सोही दिन देखि इलेक्ट्रिसयिन–प्लम्बिङ सम्बन्धी तालिम,एसी –फ्रिज इलेक्ट्रोनिक्स सम्बन्धी तालिम पनि सुरु भएका छन् लोक सेवा आयोगको तयारी कक्षा ¥यापिट ल्याङ्वेज एण्ड कम्प्युटर इन्टिच्युट इटहरीले सञ्चालन गरिरहेको छ ।

नेपाल सरकारका उप सचिव र शाखा अधिकृतहरूले सहजीकरण गरिरहेको तालिममा नगरका ४० जना विद्यार्थीको सहभागिता रहेको छ । दैनिक २ घण्टा पढाई हुने तालिम उर्लाबारी–७ को ब्रिटिस ल्याङ्गवेज कम्प्युटर इन्टिच्युटमा सञ्चालन भइरहेको छ ।
यस्तै कुक–वेटर–हाउस किपिङ–रुमब्वाई सम्बन्धी तालिम पूर्वाञ्चल ब्रिटिस एजुकेसन सेन्टर इटहरीले सञ्चालन गरिरहेको छ । तालिममा २०जना प्रशिक्षार्थी सहभागि रहेका छन् । ९० घण्टा सञ्चालन हुने तालिम दैनिक ३ घण्टाका दरले ३० दिन सम्म सञ्चालन हुने पूर्वाञ्चल ब्रिटिस एजुकेसन सेन्टर इटहरीले जनाएको छ । एसी –फ्रिज इलेक्ट्रोनिक्स सम्बन्धी तालिम ब्रिटिस ल्याङ्गवेज एण्ड कम्प्युटर इष्टिच्युट प्रालिले उर्लाबारीले सञ्चालन गरिरहेको छ ।

इष्टिच्युटका सञ्चालक राज गुरागाँईका अनुसार तालिममा उर्लाबारी नगरका २० जना प्रशिक्षार्थी सहभागि छन् । ९० घण्टा सञ्चालन हुने तालिम दैनिक ३ घण्टाका दरले एक महिना सम्म सञ्चालन गरिने छ । यस्तै इलेक्ट्रिसियन–प्लम्बिङ सम्बन्धी तालिम राज ब्रिटिस सेन्टर मिक्लाजुङले सञ्चालन गरिरहेको छ । तालिममा २० जना प्रशिक्षार्थी सहभागि छन् ।

उर्लाबारी नगरपालिकाको युवा लक्षित सीप सिकाउने कार्यक्रम अन्तरगत यि तालिमहरू सञ्चालन भएका हुन् । ब्रिटिस ल्याङ्गवेज एण्ड कम्प्युटर इष्टिच्युटका सञ्चालक राज गुरागाँईको तालिम कक्षमा सञ्चालन भइरहेका सबै सीपमुलक कार्यक्रममा नगरपालिकाको लगानी रहेको छ । उहाँले भन्नुभयो– फरक ,फरक तालिम फरक फरक संस्थाले सञ्चालन गरिरहेका छन् । समन्वय गर्न सजिलो हुने भएकोले सबै तालिम हाम्रो हलमा सञ्चालन भएका हुन् ।

प्रकाशित मिति: २०२२-०१-१८ , समय : ११:०८:१५ , ३ वर्ष अगाडि