Enepal Patra Pvt. Ltd. , ४२८ पटक हेरिएको

काठमाडौं ,३० पुस ।काठमाडौं मेडिकल कलेजका सञ्चालक डा .सुनिल शर्माले आफूमाथि सिंहदरबारभित्रै केही गुण्डाहरुले आक्रमण गर्न खोजेको बताउनु भएको छ ।
सिंहदरबारबाट बाहिरिएपछि टेलिफोनमा कुराकानी गर्दै शर्माले भन्नुभयो – मलाई मोसो दल्ने कसैको दम छैन। म माथि बैठक सकिएर बाहिरिँदै गर्दा शिक्षा मन्त्रालयको गेटमा बसेका गुण्डाहरू ‘मोसो दल्ने प्रयास गर्दै थिए,हाम्रा भाइहरूले उल्टै ठीक पारेर पठाइदिए।’
उहाँले सिंहदरबारभित्र सुनियोजित रुपमा आफूमाथि आक्रमण प्रयास भएको बताउनु भयो ।
‘ममाथि सुनियोजित आक्रमण कोसिस गरेका थिए। गुण्डाहरुले अरु त के गर्न सक्छन् र? यस्ताको के हिसाब भयो र?’, उहाँले प्रश्न गर्नुभयाे । ‘अनेरास्ववियुनिकट भन्ने सुनेको छु तर कुन अनेरास्ववियु हो पत्ता लागेको छैन।’डाक्टर शर्माले यस्ता घटनाले नेपालकाे मेडिकल क्षेत्र झनै असुरक्षित हुँदै गएको बताउनुभयो ।
प्रकाशित मिति: २०२२-०१-१५ , समय : ०८:३२:१२ , २ वर्ष अगाडि