कांग्रेसमा प्रबेश गर्नेको लर्को , एमालेमा पहिरो

Enepal Patra Pvt. Ltd. , १७६३  पटक हेरिएको

केराबारी २३ पुष। मोरंगको केराबारी २ सिंहदेवीमा दर्जनौको संख्यामा एमाले छाडी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा एमालेबाट रुष्ट भई नेपाली कांग्रेसमा प्रवेश गरेका दर्जनौं पार्टीका कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति डिगवहादुर लिम्बू र गाउँपालिका प्रमुख रोहितवहादुर कार्कीले पार्टीमा टिका लगाएर स्वागत गरेका छन् ।

नेकपा एमाले छाडी कांग्रेसमा प्रवेश गर्नेमा अधिकांस पुराना कार्यकर्ता रहेका छन् । आज कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसले टंक लिम्बू,यज्ञवहादुर शाही,लोकेन ठकुरी,कविन ठकुरी,कुशल ठकुरी,खड्ग शाही,शम्भु शाही,दिपक लिम्बू,संञ्जय खाण ठकुरी,रुविन शाही ,खोजिन्द्र शाही,जसमान राई,गोविन्द ठकुरी,चन्द्र नेम्बाङ,विष्णुवहादुर ठकुरी,विष्णु शाही,सुमित्रा शाही,इन्द्रवहादुर शाही,गौरब लिम्बू,टंकमाया लिम्बू लाई पार्टी प्रवेश गराएका हुन् ।

एमालेले सिंहदेवीको विकासमा पक्षपात गरेको सिंहदेवी नेता कार्यकर्ताहरुको ठाउ एरियामा मात्र विकास योजना लागु गर्ने गरेको कारण एमाले परित्याग गरेको नवप्रवेशीहरुले बताएका छन् । अधिकास युवा तथा बुढापाकाहरु एमाले छाडेर कांग्रेसमा प्रवेश गरेसंगै सिंहदेवीका एमाले कार्यकर्ताहरु निरास बनेका छन् ।

प्रकाशित मिति: २०२२-०१-०७ , समय : ०७:३४:१४ , २ वर्ष अगाडि