बैंकहरुको कर्जाभन्दा निक्षेप धेरै बढ्न थाल्यो, एक सातामा १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप

Enepal Patra Pvt. Ltd. , ४०६  पटक हेरिएको

काठमान्डाै २० पुष ।  वाणिज्य बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन धेरै बढ्न थालेको छ। नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ।

 

नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार पुस १६ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब पुुगेको छ। यो पुन ९ गतेसम्म्मा ४२ खर्ब ३६ अर्ब थियो।

गत साता बैंकहरुको स्वदेशि मुद्राको निक्षेप २० अर्ब रुपैयाँले बढेको छ तर विदेशि मुद्राको निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ।

यसैगरी पुस १६ गतेसम्ममा बैंकहरुले ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा ३९ खर्ब ७४ अर्ब स्वदेशि मुद्रामा कर्जा दिएका छन भने १ खर्ब २५ अर्ब विदेशि मुद्रामा कर्जा दिएका छन्।

पछिल्लो केहि समय यता बैंकहरुको कर्जा लगानी केहि सुस्ताएको छ भने निक्षेप संकलन केहि बढ्न थालेको छ।

प्रकाशित मिति: २०२२-०१-०४ , समय : ११:४२:२८ , २ वर्ष अगाडि