झापा, २० पुस। प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन हुनुभएको छ । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गङ्गा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईँ चयन हुनुभएको हो ।

तीनवर्षे कार्यकालका लागि २५ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका संयोजक गणेश पोखरेलले बताउनुभयो । समितिको सदस्यमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरगाईँ, भूमिराज पराजुली, राजु पोखरेल, मीना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जीवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडालगायत छन् ।

गौरादहस्थित नमूना घरबास आयोजनाको प्राङ्गणमा भएको अधिवेशनको उद्घाटन नेकपा ९एमाले०का उपमहासचिव तथा प्रेस चौतारीका इन्चार्ज पृथ्वीगुरुङ सुब्बाले गर्नुभएको थियो । उहाँले तथ्य र सत्यमा आधारित रहेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले नागरिक हक स्थापना, विकास र समृद्धिका पक्षसमेत कलम चलाउन आग्रह गर्दै मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारिता गर्न पत्रकारलाई प्रेरित गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.