चीनमा भूकम्पमा परी २२ जना घाइते

Enepal Patra Pvt. Ltd. , ८७९  पटक हेरिएको

बेइजिङ चीन , १९ पुस, । दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन्।
चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५।५ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टर ९ऋभ्ल्ऋ० ले पुष्टि गरेको छ । आइतबार (बेइजिङ समय) दिउँसो ३:२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ।

प्रकाशित मिति: २०२२-०१-०३ , समय : १२:२०:२७ , ४ वर्ष अगाडि