मनाङ, १८ पौष । मनाङमा हिमपहिरोमा बेपत्ता किसान चार दिनपछि मृत अवस्थामा भेटिएका छन् । मनाङको नासोँ गाउँपालिका– ४, ओडारका ५३ वर्षे आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

डिएसपी सुवास खड्काका अनुसार ४ दिनदेखि हिमपहिरोमा हराइरहेका उनको शव गाउँमाथिको जंगलमा हिउँले पुरिएको अवस्थामा धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो । प्रहरी गस्ती टोलीले नासोँ गाउँपालिका – ४, ओडार गाउँमाथिको फ्लेमरो जंगलस्थित रउ भिरमा हिउँले पुरेको र मृत अवस्थामा भेटेको मनाङका डिएसपी खड्काले बताए ।

गाउँमाथिको तपकी ठाउँमा रहेको भेडीगोठबाट फर्किने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए । हिउँ परिरहेको र गाउँमा फर्किने क्रममा उनीसँगैका दुईजना साथी फर्किएपछि आउँदै गरेका उनी बाटोमै हराएका थिए । प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरुङको खोजीकार्य जारी राखे पनि हिमपातका कारण उद्दार गर्न समस्या भएको प्रहरी प्रमुख डिएसपी खड्काले बताए ।

बेपत्ताको खोजीमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएका थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.