कांग्रेसको वडा कार्यलय उद्घाटन

Enepal Patra Pvt. Ltd. , ९६४  पटक हेरिएको

लेटाङ १७ पुस । मोरङको लेटाङ नगरपालिका वडा नं ६ अन्तरगत नेपाली कांग्रेसको वडा कार्यलयको आज एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेस मोरङका जिल्ला सभापती डिगबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा कार्यलयको उद्घाटन गरिएको हो । जिल्ला सभापति लिम्बुले उक्त कार्यलयको उद्घाटन गर्दै मोरङ कांग्रेसले मोरङका सबै वडा कार्यलयहरु स्थापना गरिरहेको बताउनुभयो ।

कार्यक्रममा क्षेत्रीय सभापती शंकर राई , प्रदेश ख सभापती राजकुमार लामा , नगरसभापती दिपकचन्द्र राई लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रम याम बहादुर तामाङको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति: २०२२-०१-०१ , समय : २०:४२:४७ , २ वर्ष अगाडि