रसुवा, १२ पुस  । पर्यटकीय क्षेत्र लाङ्टाङमा बनाउन लागिएको अस्पताल भवन निर्माणका लागि स्थानीय बासिन्दाले जग्गादान गरेका छन् । मकवानपुर, हेटौँडामा सञ्चालित सिद्धस्थल रूरल कम्युनिटी हस्पिटलले आफ्नो शाखाका रूपमा मुण्डु क्षेत्रमा अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयवासीले दुई रोपनी पाँच आना दुई दाम जग्गा अस्पतालका नाउँमा निःशुल्क दिएका छन् ।

जग्गा दान गर्नेमा साविक लाङ्टाङ गाविस वडा नं २ हाल गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ निवासी सोनामदोर्जे तामाङ, तेन्जेन स्याङ्बा र छिरिङदावा तामाङ रहेको लाङ्टाङका समाजसेवी ढिण्डुप तामाङले जानकारी दिनुभयो ।
दानबापत प्राप्त कित्ता नम्बर १८५ ,१९२ र १९५ को जग्गा रजिष्टे«शन पारित भई अस्पतालका नाउँमा जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिसकिएको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष तथा रसुवा ज्याङ्लाङ निवासी बलराम न्यौपानेका प्रस्तावमा मुण्डुमा अस्पताल निर्माण गर्न गृहकार्य अगाडि बढाइएको सिद्धस्थल रूरल कम्युनिटी हस्पिटल अस्पतालका सञ्चालक दामोदरप्रसाद गौतमले बताउनुभयो ।
हाल अमेरिकामा बस्ने डा अवन गौतमको समेत सहयोग रहने अस्पताल आगामी २०८० सालभित्र सञ्चालनमा ल्याइने लक्ष्य रहेको बताइन्छ । भवन निर्माणका लागि आर्किटेक्ट इन्जिनियर अनिल शर्माले डिजाइन गर्दै हुनुहुन्छ ।
–––

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.