जेष्ठ नागरिकलाई सम्मान

Enepal Patra Pvt. Ltd. , ५६२  पटक हेरिएको

लेटाङ ७ पुष । लेटाङ नगरपालिका वडा नं. ६ ले साे वडाका जेष्ठ नागरिकलाई सम्मान गरेकाे छ । ७० बर्ष माथीका १५० जना जेष्ठ नागरिकलाई न्यानाे कपडाकाे रुपमा ज्याकेट जम्फर दिएर सम्मान गरेकाे हाे ।
 
जाडाे माैसम आएसंगै जेष्ठ नागरिक जाडाे वाट ग्रसित हुने भएपछि वडाले कार्यक्रम नै वनाएर सम्मान स्वरुप न्यानाे लुगा बितरण गरेकाे हाे । महाभारत सामुदायिक बनकाे सभाहलमा भएकाे कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख शंकर राई प्रमुख अतिथी रहनुभएकाे थियाे ।
 
नगरप्रमुख राईले कार्यक्रमलाई सम्वाेधन गर्दै जेष्ठ नागरिक नगरका धराेहर भएकाले उहाँहरुकाे संरक्षण सहितकाे सम्मान गर्नु नगरपालिकाकाे कर्तव्य भएकाे बताउनुभयाे । जेष्ठ नागरिककाे सुरक्षाकाे लागि अन्य थुप्रै कार्यक्रम गरिसकिएकाे बताउदै नगरप्रमुख राईले आमावुवालाई सम्मानका साथ हेरचाह तथा ईज्जत घरपरिवार वाट दिनपर्नेमा समेत जाेड दिनुभयाे । उक्त कार्यक्रममा राईले १२ बर्ष भन्दा बढी समय देखि श्रीमान बेपत्ता भएका महिलाहरुका लागि उध्यमशिल बनाउने गरि कार्यक्रम नै बनाएर सहयाेग गर्न कार्यबिधी नै बनाएर नगरपालिका अघि बढेकाे बताउनुभयाे ।
सम्मानित हुने जेष्ठ नागरिकहरुलाई लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, वडा नं. ६ का अध्यक्ष जंगबीर तामाङ, कार्यापालिका सदस्य श्यामकुमारी मगर, वडा सदस्य याम तामाङ, वडा सचिव रमेश खनाल लगायतले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: २०२१-१२-२२ , समय : १५:०१:२३ , २ वर्ष अगाडि