जीप दुर्घटनामा १४ को मृत्यु

Enepal Patra Pvt. Ltd. , ५४०  पटक हेरिएको

पोखरा, मङ्सिर १७ गते । मध्यपहाडी लोकमार्ग अन्तरगत बाग्लुङको बडिगाढ गाउँपालिका वडा नम्वर ७ जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट बाग्लुङको निसीखोला गाउँपालिकाको देविस्थान आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको कोप्चेको भीरमा खसेको थियो ।

जिप दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको बडिगाढ गाउँपालिकाका कर्मचारी थम्मनबहादुर रेश्मीले जानकारी दिनुभयो । घटनामा घाइते तीन जनाको उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । प्रहरीका अनुसार जिपमा गुल्मीको इस्माबाट कुलपुजाका लागि निसीखोलाको बायोखोला जाँदै गरेका यात्रु सवार थिए । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०१९-१२-०३ , समय : १२:२७:४१ , ४ वर्ष अगाडि