भक्तपुरको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार विजयी

Enepal Patra Pvt. Ltd. , ५१९  पटक हेरिएको

काठमाडांै,मंङ्सिर १५ गते । भक्तपुर निर्वाचन क्षेत्र १९क० को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी हुनु भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँले नेकपाका उम्मेदवार डीपी ढकाललाई पराजित गर्नु भएको हो । ढकालले ११ हजार २ सय १० मत प्राप्त गर्नुभयो । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गर्नु भएको हो । निर्वाचन कार्यालयले भँडेल निर्वाचित हुनु भएको औपचारिक घोषणा भने गरेको छैन ।

प्रकाशित मिति: २०१९-१२-०१ , समय : १४:१८:३० , ४ वर्ष अगाडि