बाजुरा, २२ कात्तिक । समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरुका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन् । यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन् ।

भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र माइतीको सम्झना साँट्ने चलन हुन्छ तर ती उनीहरूले आफूले पाएको दक्षिणा कन्सन बाजुराद्वारा सञ्चालित बाल अनाथाश्रमलाई सहयोग गरेका हुन् । अहिले आश्रममा १३ अनाथ बालबालिका आश्रित छन् ।

आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदी बहिनीको प्राप्त रकम सस्थाका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो । रकम थोरै भए पनि आफूहरूको खुसी साहराविहीन बालबालिकालाई बाँड्न खोजेको सविताले जानकारी दिनुभयो । मनकारी र सहयोगीले नै बाल आश्रम सञ्चालन गर्न सहज र साहस भएको सस्थाका अध्यक्ष थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.