प्रदेश १ का ‘कम्युनिस्ट’ मुख्यमन्त्रीको पनि महराकै जस्तो काण्ड

, धरापमा मुख्यमन्त्री पद

Enepal Patra Pvt. Ltd. , ९१६  पटक हेरिएको

काठमाडौं 27 अशाेज । तत्कालीन सभामुख एवम् निलम्बित सांसद कृष्णबहादुर महरा जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन् । तर, महराकै जस्तो आरोप लागेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने शानसँग सत्तामा बसेका छन् ।

राईलाई कारबाही नभएपछि पूर्वमाओवादी भएकै कारण महरालाई राजनीतिक पूर्वाग्रही भएर हिरासतमा राखिएको चर्चा हुन थालेको छ । उस्तै प्रकृतिको आरोप लागेका पूर्वएमाले निकटका राईलाई उन्मुक्ति दिइएको छ ।

तत्कालीन युवा संघकी नेतृले शेरधन राईविरुद्ध उजुरी दिएको वर्षौ भइसकेको छ । ती युवतीले राईलाई कारबाहीको माग गरेर पार्टी मुख्यालयदेखि प्रधानमन्त्री खड्गप्रसाद ओलीसम्मलाई निवेदन दिएकी थिइन् । ती युवतीको उजुरीपछि तत्कालीन एमालेले छानविन समिति समेत बनाएको थियो ।

तर, घटनालाई गुपचुप बनाइयो । पूर्वएमालेका प्रभावशाली नेताहरुको आशीर्वाद रहेका राईलाई करबाही गर्नुको साटो दिन प्रतिदिन पुरस्कृति गर्दै लगियो ।

राईले ती युवतले लगाएको आरोप निराधार रहेको र मानसिक अवस्थाका बारेमा बारम्बार प्रश्न उठाउँदै आएका छन् ।

महरालाई जबरजस्ती यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाको पनि मानसिक अवस्थाका बारेमा प्रश्न उठाइएका छन् ।

महराले ती महिलाको आरोपकै कारण सभामुख पद गुमाएका छन् । त्यति मात्रै होइन दशैँको दुई दिन अगाडि प्रहरीको हिरासतमा पुगेका छन् ।

तर, महराकै प्रकृतिको आरोप लागेका प्रदेश १ का मुख्यमन्त्री राई भने राजनीतिक संरक्षणमा पदमा बसेको छ ।

महरालाई यौन दुर्व्यवहारको आरोपमा कारबाही हुन्छ भने मुख्यमन्त्री राईलाई पनि युवतीसँग यौन दुर्व्यवहार गरेको अभियोगमा कारबाही हुनु पर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आवाज उठेको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । दुइवटा पार्टी मिलेर नेकपा बनेको छ । पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरुलाई धमाधम कारबाही गरेर पद खोसिदिने तर, पूर्वएमालेका नेताहरुलाई भने कारबाही नगरेर पदमा राखिरहने प्रवृत्तिको नेकपाभित्र कुरा उठेको हो ।

नेकपाका एकजना केन्द्रीय सदस्यका अनुसार महरालाई जस्तै मुख्यमन्त्री राईलाई पनि कारबाही गर्नुपर्ने अवाजा बलियोसँग उठेको छ ।

हुन त सत्ताको आडमा शक्तिमा रहेकालाई कारबाही हुन सक्दैन भन्ने आरोप नेकपाभित्रै छ । नेकपाका महासचिव विष्णु पौडेललाई सरकार जग्गा कब्जा गरेको विषयमा कारबाही हुन सकेको छैन । किन भने उनी शक्तिशाली पार्टीको शक्तिशाली महासचिव हुन् भन्ने चर्चा नेकपाभित्रै हुन थालेको छ ।

नेकपामा माओवादी पृष्ठभूमि भएकालाई धमाधम कारबाही गरेर राजनीतिक बाटो क्लियर बनाउने अभियानमा एमाले पृष्ठभूमि भएकाहरु सक्रिय भएको चर्चा छ । होइन भने महरालाई कारबाही हुँदा मुख्यमन्त्री राईलाई किन कारबाही भएन रु आखिर दुबैको घटनाको प्रकृति उस्तै छ ।

प्रदेश १ का मुख्यमन्त्री राई राष्ट्रपति विद्यादेवी भण्डारीको गृहजिल्लाका हुन् । उनलाई राष्ट्रपति र प्रधानमन्त्री ओलीको आशीर्वाद रहेको नेकपाभित्र चर्चा छ ।

प्रकाशित मिति: २०१९-१०-१४ , समय : १४:४५:०३ , ५ वर्ष अगाडि