कम्युनिष्टहरु नेपालका लागि कलंक भए, देशको बेइज्जत गरे : सभापति देउवा

Enepal Patra Pvt. Ltd. , ५८७  पटक हेरिएको

काठमाडौं २५ अशाेज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकको लागि कंलक भएको टिप्पणी गर्नुभएकाे छ ।

मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप लगाउनुभएकाे हाे  । उहाँले महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताउनुभयाे  । उहाँले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाउनुभयाे ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको दुवाई दिने सरकारलाई जनताले खोज्ने बेला आएको बताउनुभयाे । उहाँले महंगिले चन्द्रमा छुँदासमेत सरकार कानमा तेल हालेर बसेको भन्दै सरककारको कार्यशैलीको आलोचना गर्नुभयाे ।

नेता भीमसेनदाश प्रधानलगायतले सरकारले चाडबाडमा बढ्दो कालोबजारी, बेथिति र भ्रष्टाचार रोक्न नसकेको बताउनुभयाे । चाडबाडको अवसरमा मित्र युवा क्लबले बिभिन्न व्यक्तिहरुलाई सम्मानित गर्नुको साथै खाद्यान्न, लत्ताकपडा वितरण गरेको थियो ।

प्रकाशित मिति: २०१९-१०-१४ , समय : १२:१८:०० , ५ वर्ष अगाडि