छबी पाण्डे

बुटवल,२९ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ९सोनाम० ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री नियुक्त भएको तीन घण्टापछि केसीले सपथ लिनुभएको हो । यसैबीच लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ९सोनाम० ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएसगै सात सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई सपथ गराएपछि लगत्तै नवनियुक्त अन्य मन्त्रीलाई पनि सपथ गराउनु भयो ।
नयाँमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीवहादुर चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजबादी पार्टीबाट सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा माओवादीका कृष्णध्वज खडकाले आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा सपथ लिनुभयो ।
त्यसैगरी जसपाकी पुरमती ढेंगा र सुमन शर्मा तथा नवलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जित्नुभएका अजय शाहीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.