Enepal Patra Pvt. Ltd. , ७६२ पटक हेरिएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बताइएको छ । यता सभामुख कृष्णबहादुरमाथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएको सन्दर्भमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालयको आकस्मिक बैठक डाकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा महराबारे निर्णय गर्न नेकपाका अध्यक्षद्वय लगायत शिर्ष नेताबीच छलफल भइरहेको छ । यससँगै सभामुख महराले आज अपरान्ह राजीनामा दिने तयारी गरिरहेको विशेष स्रोतबाट बुझिन आएको छ ।
source:news24
प्रकाशित मिति: २०१९-१०-०१ , समय : ११:५०:३१ , ७ वर्ष अगाडि