बायोग्याँस कोइला फ्याक्ट्रीमा आगलागि हुदाँ कराेडाैकाे क्षती

बिहान लागेकाे आगाे अझै नियन्त्रणमा आउन सकेन

Enepal Patra Pvt. Ltd. , ३९७  पटक हेरिएको

झापा, २० बैशाख  । झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा कराेडाैकाे क्षती भएको छ ।
आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् ।
सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हाल सम्म मानबिय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२१-०५-०३ , समय : १४:१४:४२ , ३ वर्ष अगाडि