काठमाडौं, ११ बैशाख । काठमाडौं मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् । खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका–७, रावावेसी गाउँपालिका–१ हरनटार कुभिन्डे र काठमाडौं–३१ भीमसेन गोलामा स्थानीय संघसस्थासँग सहकार्य गरी एक÷एक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

खोटाङको हलेसी तुवाचुङ्गको शिविरमा १ हजार ३ सय ५६, रावावेसीमा १ हजार ४ सय ५५ र काठमाडौंको भीमसेन गोलामा सञ्चालित शिविरमा ८ सय ७२ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरहरुमा केएमसीका बिशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै इसीजी, ल्याब र भिडियो एक्सरेसहित सामान्य शल्यक्रिया पनि गरेका छन् ।

तीन वटै शिविरमा ४८७ जनाको इसीजी, ५३२ को ल्याब टेष्ट र ५१३ को भिडियो एक्सरे गरिएको छ । यता, दाँतमा समस्या भएका ६७ जनाको दाँत खोलिएको छ भने २० जनाको सामान्य शल्यक्रिया गरिएको केएमसीले जनाएको छ । ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरी केएमसीले पछिल्लो समय बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरलाई सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.