थामचुलीलाई प्रमुख पर्यटकीय स्थलको रुपमा निर्माण गरिदै

Enepal Patra Pvt. Ltd. , ५५५  पटक हेरिएको

लेटाङ, ८ बैशाख । पर्यटकीय नगरी लेटाङ स्थित ७ नं. वडामा रहेको थामचुली डाँडाको भौतीक संरचना निर्माण गरि आर्कषक बनाउनका लागि लेटाङ नगरपालिका र स्थानिय वासी जुटेका छन् । पर्यटनको प्रचुर संभावना बोकेको उक्त ठाँउ पुरातात्विक तथा धार्मिक महत्व रहेको बाराजी मन्दीर नजिकै रहेको छ ।
प्राकृतिक रुपमा सुन्दर रहेको उक्त ठाँउको भौतिक संरचना समेत विकास गरि थप आर्कषक वनाउनका लागि लेटाङ नगरपालिकाले कार्ययोजना अगाडी सारेको छ भने स्थानिय वासीले समेत यस कार्यलाई दह्रो साथ दिएका छन् ।
नगरपालिकाले उक्त स्थानको विस्तृत परियोजना प्रतिवेदन( डिपिआर) वनाउने र नेपाल सरकार तथा अन्य दातृ निकायमा समेत योजना माग गर्ने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बताउनुभयो । सवारी साधनका लागि सडक नभईरहेको अवस्थामा यो आर्थीक बर्षमा लेटाङ नगरपालिकाले सडक बनाउन सुरु गरेको छ भने यस वर्ष उक्त ठाँउमा सडक पुगिसक्ने लेटाङ नगरपालिकाका प्रमुख राईले बताउनुभयो । उक्त ठाँउमा पुग्ने सडकको मंगलवार उद्घाटन गर्दै थामडाडाँ लेटाङको पर्यटकीय गन्तव्यको ठुलो हिस्सा रहेकाले यसलाई विकास गरेर पर्यटकको आर्कषणको केन्द्र बनाउन लागि पर्ने प्रमुख राईले वताउनुभयो । उहाँले लेटाङको राजारानी , भोगटेनीका विभिन्न क्षेत्रहरु , जाँते क्षेत्र समेत पर्यटन पोईन्टका रुपमा विकास गरिने वताउनुभयो । उहाँले राजारानी लेटाङको महत्वपुर्ण पर्यटकीय गन्तव्य भईरहेको र यसलाई पुर्ननिर्माण गर्नका लागि योजना स्वीकृत भई काम अगाडी बढिसकेको समेत जानकारी दिनुभयो ।
थामचुली डाँडाबाट पुर्वका सवै ठाउँ देखिन्छ भने यहाँ पर्यटकहरुलाई लोभ लाग्छ भने यस ठाउँलाई पुर्ननिर्माण गरि झनै आर्कषक बनाएर पुर्वका नाम चलेका पर्यटकीय क्षेत्रहरु भेरेटार ,जेफाले जस्ता ठाउँ भन्दा आर्कषक र मनोरम बनाउन सकिने सम्भावना देखिएको छ ।
स्थानिय समाजसेवी युवा पुर्ण लिम्बु भन्नुहुन्छ “थामचुलीलाई भौतिक संरचनाको विकास गर्ने हो भने पर्यटकहरुको घुईचो लाग्नुका साथै यस ठाँउको मुहार समेत फेरिनेछ । यहाँ वाट पुर्वका सवै जिल्लाहरु देखिनुका साथै पुर्वका हिमालहरुको दृष्य देख्न सकिन्छ । विहानै पहिलो पटक उदाएको घाम हेर्न पर्यटकहरु ईलामको अन्तु जाने गरेका छन् । तर थामचुलीवाट समेत पहिलो पटक घाम उदाएको दृष्यलाई छर्लङ देखिन्छ ।”
थामचुलीको आर्कषण बढाउन भ्यु टावर, चौतारी, पार्क, भ्यु पोईन्ट, जिपलाईनिङ, प्याराग्लाडिङ, स्वीमरोप ,होम स्टे तथा होटेल लगायतका संरचनाहरु निर्माण गर्नका लागि स्थानिय जुटेका छन् भने स्थानिय सरकारले समेत यस कार्यलाई साथ दिईरेहेको छ ।

प्रकाशित मिति: २०२१-०४-२१ , समय : १६:४७:३१ , ३ वर्ष अगाडि