बिद्यालयलाई जस्तापाता

Enepal Patra Pvt. Ltd. , ५०२  पटक हेरिएको

मोरङ, २८ चैत । लेटाङ नगरपालिकाले श्रीजंगा आधारभुत बिध्यालयलाई जस्तापाता दिएको छ । आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राई तथा शिक्षा साखा प्रमुख कृष्ण राज राईले बिध्यालयका प्रधानाध्यापक हेमचन्द्र लिम्बुलाई हस्तान्तरण गर्नुभयो । उक्त बिध्यालय सुधारका लागि ८ बन्डल जस्तापाता हस्तान्तरण गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

जस्तापाता प्राप्त गरे सङै ब्यबस्थित बिध्यालयमा बिध्यार्थिले अध्ययन गर्न सक्ने सो बिध्यालयक प्रअ लिम्बुले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०४-१० , समय : १५:३६:०८ , ३ वर्ष अगाडि