छात्राबास निर्माणका लागि लेटाङ नगरपालिकाले दियो ७२ थान जस्तापाता

Enepal Patra Pvt. Ltd. , ३४२  पटक हेरिएको

लेटाङ, २३ चैत । दुर्गम स्थानका बिध्यालयमा बिध्यार्थीको आकर्षण बढाउने उदेश्य सहित लेटाङ नगरपालिकाले लेटाङ १ अधेरी स्थित भोगटेनी माबीमा छात्रबास संचालनका निम्ति जस्तापाता हस्तान्तरण गरेको छ ।

छात्रबासका निम्ति आवश्यक ७२ थान जस्तापाता हस्तान्तरण गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
पहाडी ग्रामिण क्षेत्रका बिध्यालयमा भौगोलिक बिकटताका कारण बिध्यार्थिहरुलाई बिध्यालय आउन समस्या हुने भएपछी छात्रबास संचालन गरेर बिध्यार्थिहरुलाई बसेर पढ्न सहज बनाउका लागि छात्रबास निर्माण गर्न लागिएको नगरप्रमुख राईले जानकारी दिनुभयो ।

छात्रबासका दिएको जस्तापाता आज लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला , प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहाल , शिक्षा शाखा प्रमुख कृष्णराज राईले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

जस्तापाता प्राप्त गरेपछी निर्माण सम्पन्न हुने र यसै बर्स देखि छात्रबास संचालन गरिने उक्त बिध्यालयका प्रधानध्यापक रामप्रसाद भन्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०४-०५ , समय : २०:०३:५९ , ३ वर्ष अगाडि