याक्थुङ वाजी जातीको अन्तरक्रिया सम्पन्न

Enepal Patra Pvt. Ltd. , ४९२  पटक हेरिएको

लेटाङ , १३ चैत । याकथुङ वाजी बंशावली उत्थान संघ मोरङले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

वाजी दाजुभाईदिदिबहिनिहरुको ईतिहासलाई जिवन्त तुल्याउन र संस्थागत गर्न साथै केन्द्रिय समितिले बंशावली निर्माण कार्य गर्नका लागि कार्यक्रमको आयोजना गरिएको केन्द्रिय कोषाध्यक्ष पुर्ण वाजीले जानकारी दिनुभयो ।

आज मोरङको लेटाङ नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा याक्थुङ वाजीहरुको एतिहासिक पृष्ठभुमि तथा आगामी दिनहरुमा वाजी बंशमा रहेकाहरुलाई एकजुट गरेर आधिकारीक दस्ताबेज बनाउने बिसयमा छलफल भएको थियो । देसै भर बाट आएका उनिहरुले आफ्नो समुदायको हितका लागि काम गर्न आवश्यक रहेको निश्कर्ष निकालेको छ ।

कार्यक्रममा बाजि बंश बाट प्रबिधिक बिषयमा तालिम प्राप्त गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम महाभारत सामुदायिक बनको हलमा भएको थियो ।

कार्यक्रममा गोकुल वाजीको अध्यक्षतामा मोरङ जिल्लाको तदर्थ कार्यसमिती समेत गठन भएको थियो ।

वाजी बंशावलीका केन्द्रीय अध्यक्ष बृख बहादुर वाजीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रम पुर्ण वाजीले सन्चालन गर्नुभएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष सन्त कुमार वाजीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२१-०३-२७ , समय : ०८:३३:०६ , ३ वर्ष अगाडि