एमाले संसदीय दलको बैठक आज बस्दै

Enepal Patra Pvt. Ltd. , ११५४  पटक हेरिएको

काठमाडौं, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ ।

यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू यसपटकको संसदीय दलको बैठकमा के गर्छन् भन्ने टुङ्गो छैन । यद्यपि प्रमुख सचेतक विशाल भट्टराईले भने एमाले चुनाव चिन्ह लिएर सांसद् बनेका सबैलाई बोलाइने बताउनुभयो । सर्वोच्च अदालतले एमाले व्यूंत्याएपछि संसदीय दलको बैठक तीन पटक बसे पनि नेपाल पक्ष सहभागी भएको छैन ।

प्रकाशित मिति: २०२१-०३-२६ , समय : ०८:२५:३२ , ३ वर्ष अगाडि