६४ औं राष्ट्रिय सहकारी दिवस पथरीमा हुने

Enepal Patra Pvt. Ltd. , ४७८  पटक हेरिएको

बिराटनगर २९ फागुन । जिल्ला सहकारी संघ लिमिटेड मोरङले यस बर्ष काे ६४ औं राष्ट्रिय सहकारी दिवसको मूल समारोह पथरी मा गर्ने निर्णय गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा पथरीमा बसेकाे भेलाले उक्त निर्णय गरेको हो। उक्त भेलामा सबै विषयगत सहकारी संघका पदाधिकारी एवम् संचालकहरु र सबै पालिकाका संयोजक एव सदस्यहरु, सहकारी कर्मचारी संगठनका पदाधिकारी एवम् संचालकहरु, राष्ट्रिय सहकारी बैंक र अग्रज सहकारीकर्मीहरु समेत रहेको उक्त भेला ले २ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
सहकारी दिवस लाई थप व्यवस्थित बनाउनका लागि पोखरेलकै अध्यक्षतामा समिति समेत गठन गरिएको छ । भेलाले सप्ताहव्यापि रुपमा विभिन्न कार्यक्रमका साथ सहकारी दिवस मनाउन सबै संघ/संस्थालाई अनुरोध गर्नुका साथै चैत्र १८ गते विराटनगर, वेलवारी/सुन्दरहरैचा, पथरीशनिश्चरे उर्लावारी र रंगेलीमा बृहत मोटरसाईकल याली गर्ने गर बजार समेत परिक्रमा गर्ने र
चैत्र १९ गते साझ ७ बजे सहकारी संघ/ संस्थाका कार्यालयहरुमा दिपावली गर्नेसमेत निर्णय गरिएको संयोजक डिल्ली पोखरेलले बताए । त्यसैगरी व्यवस्थापन समिति मा जिल्ला सहकारी संघका संचालकद्धय युवराज भट्टराई, योगराज पौडेल, जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष प्रेमप्रकास कोइराला, उपाध्यक्ष वीना राई, सचिव एकराज निराैला लाई चयन गरिएको छ । समितिको सदस्य सचिवमा जिल्ला सहकारी संघ लि. मोरङ्गका सचिव विरेन्द्र यादवलाई तय गरेको छ । सल्लाहकार समिति मा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको संयोजकत्वमा सहकारी रजिष्टार बलराम निरौला सहित सहकारीका केन्द्रिय निकायमा प्रतिनिधित्व गर्ने निर्णय गरिएको छ। नेपालमा २०१३ साल चैत्र २० गते सहकारी संस्था स्थापना भएको अवसरमा हरेक बर्ष चैत्र २० गते देशभरी सहकारी दिवस मनाउदै आईरहेकाे छ । उक्त दिवसमा करिव ११ सय सहकारी संघ/संस्थाका सदस्यहरुको सहभागितामा रहने समेत जनाएको छ ।
यस बर्षको सहकारी दिवसका दिन नेपालमा सहकारी संस्था स्थापना गर्ने पहिलो व्याक्ति बखानसिंह गुरुङ्गको अर्धकदको सालिक पनि पथरी शनिश्चरेमा अनावरण गर्ने कार्यक्रम रहेको बताईएको छ । उक्त सालिक सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको पहलमा निर्माण गरिएको हो। समितिका सदस्य सचिव विरेन्द्र यादवका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएकाे छ । विना राईको संयोजकत्वमा हल मन्च व्यवस्थापन, गणेश राईको संयोजकत्वमा स्यमुसेवक परिचालन, पार्वती वरालको संयोजकत्वमा भाँकी न्याली र स्वागत सत्कार उपसमितिको जिम्मेवारी अष्टलक्ष्मी साकोसलाई दिईएको छ । मोटरसाइकल यालीका लागि बिराटनगरमा अमृत गुरुङ्ग, रंगेली कमलेश्वर ठाकुर, पथरी /उर्लावारी एकराज निरौला, सुन्दर हरैचा/बेलवारीका लागि रविन्द्र आचार्यलाई संयोजक तोकिएको जिल्ला सहकारी संघ का अध्यक्ष डिल्ली पोखरेल ले बताए ।

प्रकाशित मिति: २०२१-०३-१३ , समय : ०७:३३:२८ , ३ वर्ष अगाडि