काठमाडौं ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयको नेपालस्थित प्रतिनिधिमण्डलले मंगलबार भेट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्चायुक्त कार्यालयकी नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भूटानी शरणार्थीको व्यवस्थापन बारे चासो राखेकी थिइन् ।

प्रधानमन्त्रीले हालसम्म भूटानी शरणार्थीको यथोचित प्रबन्धका लागि उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद दिंदै आउँदा दिनको व्यवस्थापनमा पनि पूर्ववत् सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरुकै देशमा स–सम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताए । त्यसो हुन नसके विकल्पमा तेस्रो मुुलुक स्थानान्तरण र नेपालमै व्यवस्थापन गर्ने गरी तीन विकल्पमा कार्य गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले जानकारी दिए ।

जवाफमा प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनसम्बन्धी सहयोग निरन्तर गर्नेबारे उच्चायोग सकारात्मक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । (नेपालप्रेस बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.