गजुरमुखि जेभिको चरम लापरबाही

दुर्घटना निम्त्याउने सम्भावना बढ्दै

Enepal Patra Pvt. Ltd. , ५९५  पटक हेरिएको

रबिन्द्र बराल
फाल्गुन, १ शनिबार । मोरङ र झापा जोडने सडकको निर्माणकार्य सन्चालन भए संगै ठुला कन्ट्रक्सनले सडक फराकिलो पार्नेका लागि साविक सडक लाई दाँयाबाँयामा उक्त कम्पनीले पुरानो माटो लाई हटाएर नयाँ माटो हाल्नका लागि उक्त ठाउँमा अहिले तीन फिट गहिरोे बनाएर छाडेको छ । एक महिना दिन बितिसक्दा समेत उक्त ठाउँहरुमा समयमै नयाँ माटो नहाल्दा घुमौरो तथा साघुरो भएको सो सडकमा दुर्घटना निम्तियाउने सम्भावना बडदै जाँदा समेत ठेक्क्दार कम्पनीहरुले कुनै चासो नदेखिएको स्थानीयले बताए । अहिले गजुर मुखिले हुलाकी सडकको बनाउने क्रममा सुनवर्सि नगरपालिका, धनपालथान गाउँ पालिका र रतुवामाई नगरपालि भित्रको सडक निर्माणकार्य गरिरहेता पनि सो कम्पनीको लापरबाहीका कारणले दुर्घटनाको उच्च जोखिम बनाएर छाडेको छ । एक महिन अगाडि समेत सुनवर्सिको भेडुवाथान नजिकै बिराटनगरको स्कुल बस सडकको दायाँबायाँ बनाएको खाल्डोमा समेत पल्टिँदा १२ जना बिधार्थि समेत घाइते भएका थिए । यसरी दुर्घटना निम्त्याउने सम्बन्धित ठेक्केदार कम्पनी लाई समयमै कार्वाही नगरे सो ठाउँमा ठुलो दुर्घटना हुन सक्ने देखिन्छ उक्त बिषयमा सरोकारवाला निकाले समयमै ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: २०२१-०२-१३ , समय : १९:५७:०२ , ३ वर्ष अगाडि