सनराईजद्धारा सिदार्थ कपकाे उपाधी कब्जा

Enepal Patra Pvt. Ltd. , ७१५  पटक हेरिएको

लेटाङ, १ फागुन । सिदार्थ युवा क्लव लेटाङ द्धारा आयोजित खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी सनराईज युनाईटेड क्लव लेटाङले प्राप्त गरेको छ । आज लेटाङ ४ को जनसेवा सामुदायिक बन स्थित फुटवल चउरमा वेलवारी फुटवल क्लव संग भएको प्रतिस्पर्धामा ४—२ गोल अन्तरले विजय भएको हो । खेल अवधीमा दुवै टिमले १—१ गोलको वरावरी खेलेपछि टाईवेकरका आधारमा भएको खेलमा सनराईज विजय भएको हो ।

कार्यक्रमको समापन सत्रमा संंविधान सभाका सदस्य तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगवहादुर लिम्बुले प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमलाई संवोधन गर्दै उहाँले लेटाङले फुटवल क्षेत्रमा उल्लेख्य योगदान दिएको स्मरण गर्दै यसको विकासका लागि सवै तहले सहयोग गर्न आवश्यक भएको वताउनुभयो । खेल अनुसासनको प्रतिक भएकाले सवै मानिसले जीवनको एक पल खेल खेल्नुपर्ने वताउनुभयो ।

नगरप्रमुख शंकर राईको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेल जीवनलाई दिर्घ वनाईराख्न नगरपालिकाले रंगशाला निर्माण गर्ने योजना अघि सारेको जनाउनुभयो । खेललाई महत्वका साथ हेरिएकाले सबै खेललाई नगरले उत्तिकै महत्व दिएर अगाडी बढिरहेको वताउनुभयो ।

विजय टिमले ४० हजार नगद सहित सिल मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वेलवारीले नगद २० हजार सहित सिल, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता भरीका म्यान अफ द सिरिज सनराईजका बर्तमान राई भए । ८ टिमको सहभागितामा भएको खेल माघ २४ गते वाट सुरु भएको थियो । आजको खेलमा विजेतालाई मेयर शंकर राईले पूरस्कार वितरण गर्नुभयो ।

प्रकाशित मिति: २०२१-०२-१३ , समय : १८:१३:४८ , ३ वर्ष अगाडि