प्रधानमन्त्री ओलीलाई ‘पार्लियमेन्ट फोबिया’ भयो– बिडारी

Enepal Patra Pvt. Ltd. , ५०५  पटक हेरिएको

मीरा बस्नेत

काठमाडौं ,१६ माघ । राष्ट्रिय सभा सदस्य एवं अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्लियमेन्ट फोयिबा भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्धको शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै उहाँले संसद देखेपछि विघटन गरिदिने भएकाले प्रधानमन्त्री ओलीलाई पार्लियमेनट फोबिया भएको टिप्पणी गर्नुभयो ।

अधिवक्ता बिडारीले दलसँगको झगडा दलमा टुङ्ग्याउनेपर्ने बताउँदै प्रधानमन्त्रीले संसद्सँग खेलेको बताउनुभयो । उहाँले प्रतिनिधिसभाले प्रधानमन्त्री दिन नसके, विश्वासको मत प्राप्त गर्न नसके वा विश्वासको मत प्राप्त गर्न नसके मात्र विघटन हुने कानुनी व्यवस्था रहेको तर्क प्रस्तुत गर्नुभयो ।

उहाँले नेपालमा बसेपछि नेपालको कुरा गर्नुपर्ने र लिखित संविधानको कुरालाई प्राथमिकता दिनुपर्ने दलिल पेश गर्दै भन्नुभयो, ‘लिखित संविधान भएको देशमा अन्तर्राष्ट्रिय अभ्यासको कुरा गर्ने रु आफ्नो संविधान नमान्ने अनि भारतको संविधान हेरेर नेपालमा प्रतिनिधिसभा विघटन गर्ने रु’

बिडारीले संवैधानिक अंगमा पदाधिकारी सिफारिस गरेर सुनुवाई गर्ने ठाउँ नै भत्काएको बहस गर्दै रुख काटेर फल पनि लागेन, फूल पनि फूलेन भन्न नमिल्ने बताउनुभयो । राष्ट्रिय हित विरुद्धको काम गर्नेविरुद्ध अदालतले पनि आफ्ना भनाइ राख्नुपर्ने उहाँको तर्क थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विघटको विषयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी हुनुहुन्छ ।

imagekhabar बाट

प्रकाशित मिति: २०२१-०१-२९ , समय : १३:५४:१९ , ३ वर्ष अगाडि