लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

Enepal Patra Pvt. Ltd. , ५५३  पटक हेरिएको

बिराटनगर, १६ माघ । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका-४ बाट पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको कोशी गाँपालिका-१ लौकहीबाट ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका-६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२१-०१-२९ , समय : ०७:२८:५३ , ३ वर्ष अगाडि