तीन महिनामा दाहाल–माधवलाई नागरिक समाजको कित्तामा पुर्‍याइदिन्छु–प्रधानमन्त्री ओली

Enepal Patra Pvt. Ltd. , ७५०  पटक हेरिएको

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्रमा आफ्नो विरोधमा रहेका पुष्पकमल दाहाल र माधव नेपाललाई नागरिक समाजको कित्तामा पुर्‍याइदिने धम्की दिनुभएको छ ।

आफूनिकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा ओलीले दाहाल नेपाल समूह तीन महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने ठोकुवा गर्नुभएको हो ।

दाहाल–नेपाले पार्टी चलाउने कुरा सम्भव नभएको भन्दै ओलीले नागरिक समाजको सम्मानित व्यक्तित्व बनाएर राख्ने बताउनुभयो ।

ओलीले बैशाखमा हुने निर्वाचनका लागि सजग र गतिशिल भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै अबको तीन महिनामा राष्ट्रलाई कता लाने भन्ने जीवन मरणको संघर्ष हुने पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं। २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं। १, बाग्मती प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको जानकारी पनि गराउनुभयो ।

प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गर्दै उहाँले पार्टीमा शुद्धीकरण अभियान चलेको र यसबाट पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहीनता र स्वार्थी प्रवृति किनारा लागेको बताउनुभयो ।

प्रकाशित मिति: २०२१-०१-२९ , समय : ०७:०९:०० , ३ वर्ष अगाडि