प्रदेस नं १ मै पहिलो पटक ५ वटा सहकारी एकिकरण

Enepal Patra Pvt. Ltd. , ४५९  पटक हेरिएको

लेटाङ, ११ माघ।  प्रदेश नम्बर १ मा पहिलो पटक लेटाङमा एउटै वडाका ५ बटा बचत तथा ऋण सहकारीबिच एकिकरण भएको छ । लेटाङ नगरपालिका वडा नम्बर २ मा एउटै उद्देश्यका पाँच वटा बचत तथा ऋण सहकारी सस्थाहरु एकिकरण भएका हुन् ।
लेटाङ वडा नम्बर २ मा रहेका पाँच बटा बचत तथा ऋण सहकारी संस्थाहरु वडा कार्यालयको पहलमा एक भएका हुन । लेटाङ नगरपालिका वडा नम्बर २ को पहलमा वडामा रहेका एकै प्रकृतिका बचत तथा ऋणको कारोबार गर्ने फडानी, साकोस, जनचाहना साकोस, गोदाबरी साकोस, खैरेनी साकोस र धोबि साकोसबिच एकिकरण भएको हो । २ बर्षअघिदेखि लेटाङ वडा नम्बर २ ले एकिकरणको अभियान संचालन गर्दै आएको भएता पनि गत १ बर्षअघि वडा अध्यक्ष तेज प्रसाद तिम्सीनाको संयोजकत्बमा कार्यदल निर्माण गरी प्रक्रिया थालिएपछि एकिकरणले मुर्तरुप लिएको हो ।
हाललाई जनचाहना बचत तथा ऋण सहकारी संस्था लि.को नाममा एकिकरण गरी आउने बिशेष साधारण सभाबाट अकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि. नाम रहने गरी प्रदेश सहकारी रजिष्टार कार्यालय ईटहरीबाट एकिकरण प्रक्रिया टुङ्ग्याएका हुन् । एककिकरण पश्चात बनेको एकिकृत संस्थाको पूँजी तथा दायित्व ७० करोड ४० लाख ४३ हजार ३ सय २८ रुपैंया भएको हो ।
एकिकृत संस्थाको ५ करोड ८ लाख १९ हजार ७ सय शेयर पूंजी, ६० करोड ५ लाख ९८ हजार ९४९ रुपैंया निक्षेप भएको छ भने ४९ करोड २२ लाख ४९ हजार ४०६ रुपैंया ऋण लगानी रहेको छ । त्यसैगरी ३ करोड ५३ लाख १५ हजार जगेडा कोष पुगेका छभने ७ हजार ६० जना शेयर सदस्य, १९३२ बाल बचतकर्ता र २२ जना कर्मचारी पुगेको एकिकरणपछिको संस्थाका सह ब्यवस्थापक टंकबहादुर मच्कोटीले जानकारी दिए । संस्थाले गत माघ १ गतेबाट सबै संस्थाहरुको कारोबार रोकेर एकीकरण प्रक्रिया पुरा गर्दै आईतबारबाट कार्यप्रारम्भ गरेको संस्थाले माघ १२ गते बिधिबत रुपमा उद्घाटन गरी संयुक्त कारोबार सुरु गर्ने भएको छ ।
एकिकरण पछि संयुक्त कारोबारका लागि साविक फडानी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय केन्द्रीय कार्यालयको रुपमा रहने छन भने धोबि साकोसदेखि बाहेकका साबिकको सहकारीका कार्यलयहरुमा सेवा केन्द्रको रुपमा कारोबार गरिने छ । यससँगै साविक फडानी बचत तथा ऋण सहकारी संस्थाको लेटाङ सेवा केन्द्रको कार्यालयलाई लेटाङ सेवा केन्द्र र साविक जनचाहना बचत तथा ऋण सहकारी संस्थाको भलुवा सेवा केन्द्रलाई भलुवा सेवा सेवा केन्द्र पनि संचालनमा रहने छन भने धोबि साकोसको कार्यलयलाई हटाईने जनाएको छ ।
यसैबिच माघ ६ गते भएको पाँच बटा संस्थाहरुको संयुक्त बैठक तथा साधारण सभाबाट हेरम्बराज भट्टराईको अध्यक्षतामा १५ सदस्यीय तदर्थ संचालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा ईश्बर प्रसाद घिमिरे र रामचन्द्र बुढाथोकी, सचिबमा कृष्ण प्रसाद भण्डारी, कोषाध्यक्षमा सुरेश अधिकारी र सह–सचिबमा शान्तिदेबि गड्तौला चयन भएका छन् । यसैगरी सदस्यहरुमा मित्र कुमार लिम्बु, गंगा बहादुर राई, डम्बर ढकाल, उद्धब कोईराला, पुष्प बहादुर कार्की, हरिराज भण्डारी, सिताराम लुईटेल, चण्डिका कट्टेल, तेज प्रसाद पौडेल चयन भएका छन् । यस्तै राजेन्द्र खतिवडा संयोजक तथा राम प्रसाद लम्साल, अविचन्द्र ढकाल, कुमार सुबेदी र अर्जुन राई सदस्य रहने गरी तदर्थ लेखा तथा सुपरिवेक्षण समितिसमेत गठन गरिएको छ भने चन्द्र प्रसाद गौतम र मञ्जु खतिवडाको संयोजकमा क्रमशः ५÷५ सदस्यीय विवाद समाधान उप समिति र सम्पत्ती मुल्याङ्कन तथा अनुगमन उप समिति गठन गरिएको छ ।

प्रकाशित मिति: २०२१-०१-२४ , समय : १६:३९:३३ , ३ वर्ष अगाडि