उर्लाबारीमा लोक सेवा आयोगको तयारी कक्षा सुरु

Enepal Patra Pvt. Ltd. , ७९७  पटक हेरिएको

उर्लाबारी,६ माघ । उर्लाबारीस्थित राज ब्रिटिस सेन्टरले सोमबार देखि लोक सेवा आयोगको तयारी कक्षा सुरु गरेको छ ।
उर्लाबारी नगरपालिकाको वित्तीय सहयोगमा हुने तयारी कक्षाको उर्लाबारी–७ का वडाध्यक्ष वीरबल थापाले सोमबार उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले नगरका शैक्षिक बेरोजगार युवाहरूलाई सरकारी जागीर तर्फ आकर्षण गर्न र परीक्षा प्रणालीका विषयमा जानकारी गराउन यस खाले कार्यक्रम तय गरिएको बताउनु भयो । उहाँले १ महिना सम्म नियमित कक्षा लिएर निजामति क्षेत्रमा प्रवेशका लागि विद्यार्थीहरूलाई शुभकामना दिनु भयो । कार्यक्रम व्रिटिस ल्याङ्वेजका सञ्चालक राज गुरागाईको सभापतित्वमा भएको थियो ।
प्रशिक्षण कार्यक्रममा नगरका ५२ जना विद्यार्थीले सहभागिता जनाउने छन् । ४ जना सहजकर्ताले पालैपालो सहजीकरण गर्ने कार्यक्रम रहको सञ्चालक राज गुरागाईले बताउनु भयो ।

प्रकाशित मिति: २०२१-०१-१९ , समय : ११:०२:२० , ३ वर्ष अगाडि