आफ्नो छोराको मृत्यूमा संलग्नहरूलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको आरोप

Enepal Patra Pvt. Ltd. , ४६३  पटक हेरिएको

माेरङ, ६ माघ । मोरङको उर्लाबारी–५ को वास्तोला परिवारले आफ्नो छोराको मृत्यूमा संलग्नहरूलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको आरोप लगाएको छ ।
बास्तोलाका ३१ वर्षीय छोरा प्रविणको गत पुस ४ गते शंकास्पद मृत्यू भएको थियो । परिवारले सोमबार आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गरी न्याय दिलाउन मिडियासँग गुहार मागेको छ । परिवारका अनुसार सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनामा संलग्न सबैलाई छोडिदिएको छ । मृतक प्रविणका बुबा प्रेमले भन्नुभयो–४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर म¥यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो । कहाँ म¥यो , कसरी म¥यो कसले मा¥यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । मर्ने त म¥यो तर न्याय मर्नु भएन नि उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन । मरेको ब्यक्तिलाई एम्बुलेन्स हालेर ल्याइएको परिवारको दाबी छ । तर, प्रहरीले प्रविणको ढुकढुकी भएको अनुमानमा अस्पताल पु¥याएको दाबी गरेको छ । यद्यपि परिवारले अस्पताल स्रोतलाई उधृत गर्दै भन्यो – प्रविणको मृत्यू भएको ३÷४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल पु¥याएको हो । कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पीडित परिवारको भनाई छ ।
यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने कर्तब्य ज्यानको कुनै प्रमाण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छोडिएको बताउनु भयो । उहाँले मृतकको शरीरमा कुनै चोट, नील डाम पनि नदेखिएको बताउनु भयो । मिसिल मृत भएको छै्न्, अनुसन्धान सकिएको छैन्, प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्छन्–प्रहरी निरीक्षक पोख्रेलले भन्नुभयो ।

पीडित परिवारले किटानी जाहेरी दिन पटक पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले उल्टो थर्काएको मृतक प्रविणकी बहिनी दुर्गा वास्तोलाले बताउनु भयो । प्रमाण नष्ट गर्ने र अपराधीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ ,दुर्गाको प्रहरीलाई सङ्गीन आरोप छ ।

प्रकाशित मिति: २०२१-०१-१९ , समय : १०:४०:५० , ३ वर्ष अगाडि