बैठकका कुर्सीहरु फिक्स गरियाे

Enepal Patra Pvt. Ltd. , ७१९  पटक हेरिएको

विराटनगर, ५ माघ । प्रदेश नं १ को प्रदेशसभा बैठकका लागि बैठक कक्षको कुर्सी वेल्डिङ गरिएको छ । ७ माघबाट सुरु हुने बैठकका लागि कुर्सी वेल्डिङ गरिएको हो ।

प्रदेशसभाको हिउँदे अधिवशेन ७ माघमा अपरान्ह २ बजे बोलाइएको छ । बैठकका लागि कुर्सी निकाल्न नमिल्नेगरी ‘वेल्डिङ’ गरिएको प्रदेश १ प्रदेशभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

नेकपा विभाजनले औपचारिकता नपाएका कारण बैठक कक्षमा सत्तापक्षको दुवै समूहका सदस्य बस्ने लाइन एउटै बनाइएको छ ।

प्रकाशित मिति: २०२१-०१-१८ , समय : १५:५०:३३ , ३ वर्ष अगाडि