विवाहको तयारीमा प्रदेश १ का मुख्यमन्त्री राई

Enepal Patra Pvt. Ltd. , १२१६  पटक हेरिएको

विराटनगर, २ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवहको तयारीमा जुटेका छन् । ५० वर्षीय मुख्यमन्त्री राई यहीँ माघ भित्र विवाह गर्ने तयारीमा जुटेका हुन् ।

उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा गर्ने तयारी छ । विवाहको तयारी भइरहेको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले बताए । ‘यहीँ माघमा विवाह गर्ने तयारी छ ।’ उनले भने ‘गते भाेली टुङ्गाे लाग्छ ।’

पारिवारिक स्राेतका अनुसार माघ ११ गते विवाहकाे मिति तय भएकाे छ ।

२०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका थिए । केही दिन अघि कोशी अनलाइनसँगको कुराकानीमा उनले भनेका थिए ‘सायद अब नाम भन्दा चाडो मेरो विवाह हुने सम्भावना एकदमै नजिक छ ।’

(कोशीअनलाईन बाट)

प्रकाशित मिति: २०२१-०१-१५ , समय : १८:३५:२५ , ३ वर्ष अगाडि