काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारको प्रदर्शनमा सक्रिय सहभागी जनाउन आह्वान गरेका छन् । प्रदर्शनको पूर्वसन्ध्यामा शुक्रबार एक विज्ञप्ति जारी गर्दै देउवाले सक्रिय सहभागिता जनाउन आह्वान गरेका हुन् ।

‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’, देउवाले विज्ञप्तिमार्फत् भनेका छन् ।

गत १३ पुषमा १६५ निर्वाचन क्षेत्रमा र २५ पुषमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।

यसअघि गत बुधबार संयुक्त आन्दोलनमा उत्रिने आग्रह लिएर आफ्नो निवास आएका एक चिरा नेकपाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई देउवाले आफूहरु एक्लैले संघर्ष गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.