विद्यार्थीलाई चुरोट नखानू भनेर झापड हान्दा कुटिए राधिका माविका प्रअ कुमार पोख्रेल

Enepal Patra Pvt. Ltd. , ५९०  पटक हेरिएको

उर्लाबारी ४ माघ ।  विद्यार्थीलाई चुरोट नखानू भनेर सामान्य झापड हान्दा उर्लावारीस्थित राधिका माविका प्रधानाध्यापक कुमार पोख्रेल कुटिएका छन् । विद्यालयको गेट अगाडी आफ्ना विद्यार्थीलाई चुरोट नाखनू भनेर सम्झाउने क्रममा उनीमाथि कोकको बोतलले विद्यार्थीले प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लावारीका निरीक्षक उद्धव पोखेरेलका अनुसार विद्यालयमा कक्षा १२ अध्ययनरत निश्चल गुरुङले गेट अगाडी चुरोट खाइरहेका थिए । त्यही बेला प्रअ कुमार पोख्रेलले गुरुङलाई चुरोट नखा भन्दा गुरुङ प्रअ पोख्रेलसँग विवाद गरे ।

 

विद्यार्थीले मुखमुखै लागेपछि प्रअ पोख्रेलले सामान्य झापड हानेका थिए । त्यसैको झोंकमा गुरुङले पोख्रेलको टाउकोमाथि कोकको बोतलले प्रहार गरेको उर्लावारी प्रहरीले जानकारी दिएको छ । उक्त घटनामा संलग्न अन्य २ जना विद्यार्थी फरार छन् । गुरुङ कक्षा राधिका माविमा कमर्स अध्ययनरत छात्र रहेको प्रहरीले जनाएको छ । प्रअ पोख्रेलको थप उपचारका लागि नोबेल अस्पताल विराटनगरमा लगिएको थियो ।

प्रकाशित मिति: २०२१-०१-१२ , समय : १३:३१:४३ , ३ वर्ष अगाडि