खानेपानी तथा सरसफाई मुल उपभोक्ता संस्था लेटाङको साधारण सभा सम्पन्न

Enepal Patra Pvt. Ltd. , ५५८  पटक हेरिएको

लेटाङ २७ पुस । खानेपानी तथा सरसफाई मुल उपभोक्ता संस्था लेटाङको २१ औ साधारण सभा आज सम्पन्न भएको छ । गतवर्ष नयाँ कार्यसमिती निर्वाचित भएर आएको एकवर्ष पछि वार्षिक प्रतिबेदन सहित संस्थाले आफ्नो प्रगति विवरण प्रस्तुत गरेको थियो ।
संस्थाले दोस्रो साना सहरी खानेपानी आयोजना निर्माणको लागि नगर विकास कोष संग लिएको ४५ प्रतिशत ऋणको बार्षिक ५ प्रतिशतका दरले व्याज सहित साँवा पन्ध्र लाख बयालिस हजार दुई सय अठासी रुपैया र व्याज उनान्सत्तरी लाख सात हजार एकसय सोह्र रुपैया तिरेको वताईएको छ ।
संस्थाले विगत वर्षहरुमा असुल हुन नसकेको ७५ प्रतिशत रकम उठाउन सफल भएको प्रतिवेदनमा जनाएको छ । लेटाङ खानेपानीका जम्मा पाँचहजार चार सय छयानव्वे उपभोक्ता मध्य चारहजार नौ सय अठसठ्ठी धारा संचालनमा रहेको जनाएको छ ।
संस्थाले चार करोड अठहत्तरहजार सात सय पन्ध्र रुपैया आठ पैसाको बार्षिक आयव्यय हिसाव समेत सार्वजनिक गरेको छ ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्वोधन गर्दै मेयर राईले खानेपानी जस्तो मानिसको जीवनमा नभै नहुने कुरालाई महत्वका साथ राख्नुपर्ने वताउनुभयो । उहाँले सफा खानेपानी वितरण गर्नु समितीको कर्तव्य भएकाले यसलाई सधै ध्यानमा राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लेटाङ नगरउप्रमुख कृष्णकुमारी निरौला, खानेपानी डिभिजन कार्यलयका सुनसरीका प्रमुख प्रदिपलाल कर्ण, लेटाङ नगरपालिका वडा नं ३ का अध्यक्ष देवराज चाम्लिङ लगायतले सम्वोधन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२१-०१-११ , समय : १६:४८:५९ , ३ वर्ष अगाडि