निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई सभापति देउवाको निर्देशन

Enepal Patra Pvt. Ltd. , ४५८  पटक हेरिएको

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पहिलो चरणको आन्दोलन पूरा गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

कांग्रेसले पुस २५ गतेदेखि वडास्तरदेखि देशव्यापी विरोधका कार्यक्रमको तयारी गरिरहेका बेला सभापति शेरबहादुर देउवाले भने कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिन थालेका छन्।

सभापति देउवाले आफूलाई भेट्न आउने कार्यकर्तालाई प्रतिनिधिसभा पुर्नस्थापना नहुने भन्दै चुनावको तयारीमा लाग्न निर्देशन दिन थालेका हुन्। ‘प्रतिनिधिसभा पुर्नस्थापना भए कांग्रेस तोस्रो शक्ति बन्छ, अहिले पाइरहेको प्रमुख प्रतिपक्षको हैसियत भन्दा पनि तल झर्ने स्थिति आउँछ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ, यो विरोधका कार्यक्रमलाई पनि चुनावी प्रचारका रुपमा उपयोग गर्नुहोस्।’

सत्तारुढ दल नेकपा विभाजित भइसकेको अवस्थामा प्रतिनिधिसभा पुर्नस्थापना भए नेकपकै अर्को समूह प्रमुख प्रतिपक्षको हैसियतमा पुग्ने देउवाको विश्लेषण छ। प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र सामानुपातिकमा ४० गरी ६३ सांसद छन्। सत्तारुढ दल नेकपाको ११६ प्रत्यक्ष र समानुपातिकमा ५८ गरी १७४ सांसद छन्।

सत्तारुढ दल नेकपा विभाजित भइसकेको अवस्थामा प्रतिनिधिसभा पुर्नस्थापना भए नेकपकै अर्को समूह प्रमुख प्रतिपक्षको हैसियतमा पुग्ने देउवाको विश्लेषण छ। प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र सामानुपातिकमा ४० गरी ६३ सांसद छन्। सत्तारुढ दल नेकपाको ११६ प्रत्यक्ष र समानुपातिकमा ५८ गरी १७४ सांसद छन्। नेकपा दुई समूहका विभाजित बनेको अवस्थामा पनि कांग्रेस भन्दा नेकपाकै समूहको सिट संख्या धेरै हुने देउवाको आँकलन छ।

नेकपा दुई समूहका विभाजित बनेको अवस्थामा पनि कांग्रेस भन्दा नेकपाकै समूहको सिट संख्या धेरै हुने देउवाको आँकलन छ। बिहीबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका कार्यकर्तालाई देउवाले प्रतिनिधिसभा पुर्नस्थापना हुँदा कांग्रेसलाई थप घाटा हुने भएकाले कांग्रेसका लागि चुनाव नै उचित भएको बताएको भेटका सहभागी एक कार्यकर्ताले बताए।

प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दा संवैधानिक इजलाशमा विचाराधीन छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले बाहेक अन्य सबै जसो राजनीतिक दल संसद पुर्नस्थापनाको पक्षमा छन् र उनीहरुले संसद पुर्नस्थापनको माग गर्दै आन्दोलनमा होमिएका छन्।

कांग्रेसले पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकै दिन पदाधिकारीको बैठक बोलाएर प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै आन्दोलनमा जाने निर्णय गरेको थियो। सभापति देउवा चुनावमा जानुपर्ने पक्षमा भएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आन्दोलनमा जानुपर्ने पक्षमा छन्।

‘अहिले हामी प्रतिपक्षमा छौं। सरकारले प्रतिनिधिसभा विघटन गर्यो, निर्वाचनको मिति घोषणा गर्यो, यस्तो अवस्थामा प्रतिपक्ष पार्टी त निर्वाचनको पक्षमा हौसिने वातावरण हुनुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, ‘यही दृष्टिकोणले पनि नेपाली कांग्रेस निर्वाचनबाट भाग्दैन।’

उनले सबै राजनीतिक दलले निर्वाचनलाई केन्द्रमा राखेर आफ्नो गतिविधि संचालन गरेको उल्लेख गर्दै साउदले भने, ‘कसैले आफूलाई चुनावमुखी बनाएर कार्यक्रम गरेका छन्, कसैले आन्दोलनमार्फत आफूलाई पुर्नताजगीकरण गरेर निर्वाचनमा जाने जाने अभिप्राय राखेको देखिन्छ।’

प्रधानमन्त्रीले निर्वाचनको घोषणा गरेको, राष्ट्रपतिले त्यसलाई स्वीकार गरेको र निर्वाचन आयोगले चुनावको तयारी गरिसकेको अवस्थामा चुनावमा जानुको विकल्प नभएको कांग्रेस संस्थापन पक्षले निष्कर्ष निकालेको छ।

 

प्रकाशित मिति: २०२१-०१-०७ , समय : १३:३१:४४ , ३ वर्ष अगाडि