काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले देशलाई संकटमा धकेलेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा गरिएको भर्चुअल संवादमा सभापति देउवाले प्रतिनिधिसभा विघटन गरेर ओलीले स्थिरतातर्फ लम्कँदै गरेको देशलाई संकटमा धकेलेको बताउनुभयो ।

जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनेक्रममा रहेकै बेला ओलीले असंंवैधानिक कदम चालेकाले कांग्रेसले देशव्यापी विरोध गरेको उहाँको भनाइ छ ।

यसबारेको मुद्दा अदालतमा भएकाले दबाब नदिइएको भन्दै देउवाले भन्नुभयो, ‘अहिले यो विषय सर्वोच्च अदालतमा छ । हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्चलाई स्वतन्त्र रुपमा निर्णय गर्न वातावरण बनाइरहेका छौँ ।’

सर्वोच्चले डर, त्रासमा नपरी स्वतन्त्ररुपमा निर्णय गर्ने वातावरण बनोस् भनेर कांग्रेसले आन्दोलन रोकेर फैसला कुरिरहेको तर्क देउवाको थियो ।

बीपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता झनै बढेको भन्दै सभापति देउवाले भन्नुभयो, ‘बीपी कोइराला सिक्किमलाई भारतमा गाभिएपछि नेपालमाथि पनि संकट आउन लाग्यो भन्दै राष्ट्रिय मेलमिलाप नीति लिएर फर्कनुभएको थियो । त्यही जगमा ०४६ सालको जनआन्दोलन भयो र प्रजातन्त्र पुनःस्थापना भयो ।’

देउवाले आफूहरुलाई एकदलीयता कुनै हालतमा स्वीकार्य नहुने भन्दै नेपालका कम्युनिष्टहरुले पनि लोकतन्त्र मानेर आफूहरुसँगै सहयात्रा गरेर यहाँसम्म आइपुगेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.