काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै संघीय संसदमा पेश भएका ६३ वटा विधेयक अलपत्र परेका छन् ।

संसदको अधिवेशन बोलाउने बेलामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नै विघटन गरेसँगै कानुन निर्माण प्रक्रिया पनि ठप्प भएको छ ।

राष्ट्रियसभाले निरन्तर काम गर्ने भएपनि प्रतिनिधिसभाबाट पारित नभइ कुनै पनि विधेयक कानुन बन्न नसक्नै संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभामा पेश भएर विचाराधिन अवस्थमा रहेका वा प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रयसभामा विचारिधन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन भए वा समयावधी सकिएमा ती विधेयक स्वत निष्कृय हुने कानुनी व्यवस्था छ ।

संविधानको धारा ११० को उपधारा १० मा रहेको साही प्रावधान अनुसार संघीय संसदमा पेश भएर छलफलको चरणमा रहेका सबै विधेयक निष्कृय भएका हुन् ।

यसबाट विभिन्न संघीय संसदमा प्रवेश गराएर विभिन्न चरणमा भएका छलफल र भत्ताबापतको आर्थिक भार पनि राज्यलाई परेको छ ।

प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाबाटै उत्पन्न भएका विधेयकहरुले पनि कानुनी मान्यता पाउँदैनन् ।

प्रतिनिधिसभाबाट उत्पन्न ३८ र रायिट्रयसभाबाट उत्पन्न २५ वटा विधेयक विचाराधिन अवस्थामा रहेका बेला प्रतिनिधिसभा नै विघटन भएसँगै कानुन निर्माण प्रक्रिया ठप्प भएको हो ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभा विघटन भएपछि विचाराधिन अवस्थामा रहेका सबै विधेयक रद्द सहर भएका छन् ।

सचिवालयका अनुसार प्रतिनिधिसभामा दर्ता भएका तथा सांसदहरुलाई वितरण गरिएका ८ वटा, सभामा पेश गरिएका ४, सन्देशसहित आएकोमा विचार गर्न बाँकी २ वटा, विषयगत समितिमा छलफलको क्रममा रहेका १०, प्रतिवेदनसहित पेश भएका र गैरसरकारी विधेयक पाँच वटा रहेका छन् ।

अब यी सबै विधेयक रद्द सरह भएका छन् । प्रतिनिधिसभामादर्ता भएका एमसीसीसहित सन्धीसम्बन्धी विधेयक मात्र १३ वटा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.