कनकाईधाम धार्मिक विकास संस्था कोटीहोममा दुई प्यानलवीच भिडन्त

Enepal Patra Pvt. Ltd. , ६०५  पटक हेरिएको

सुरुङ्गा। कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको कार्यसमितिका लागि बैशाख ६ गते निर्वाचन हुने भएको छ । सो चुनावमा दुई प्यानलवीच तीब्र प्रतिष्पर्धा हुने भएको छ । सर्वसम्मतको पहल सफल नभएपछि चुनाव हुने भएको हो । राष्ट्रगुरु योगी नरहरिनाथको पहलमा २०४२ सालमा स्थापना भएको कोटीहोम क्षेत्रमा कार्यसमितिका लागि पहिलो पटक चुनाव हुन लागेको हो ।

चुनावमा २ प्यानल बनेको छ । ७ पदाधिकारी र १६ सदस्य गरी कुल २३ पदका लागि ४९ जनाको उम्मेद्वारी परेको छ ।
लोकतान्त्रिक समावेशी प्यानलबाट गंगाराम दाहाल अध्यक्ष पदको प्रत्यासी बनेका छन् । सचिव, महासचिव हुँदै संस्थाको वरिष्ठ उपाध्यक्ष समेत चलाइसकेका दाहाल प्राविधिक क्षेत्रमा दख्खल राख्छन् । दाहाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण पोखरेल, धार्मिक उपाध्यक्षमा कविन्द्र संग्रौला, पर्यटन उपाध्यक्षमा रामप्रसाद अधिकारी, महासचिवमा रेणुप्रसाद कडेल, सचिवमा रमेशप्रसाद संग्रौला र कोषाध्यक्षमा रमेश शेर्पा ९दावा० उठेका छन् ।

सो प्यानलबाट सदस्य पदमा देवीकुमारी उप्रेती, मीनाकुमारी पाठक, गीता उप्रेती, गीतादेवी भेटवाल, गोमादेवी सिटौला, कैलाशमान दर्जी, गोपालप्र्रसाद सिग्देल, गणेशप्रसाद पोखरेल, रामनाथ ढकाल, हरिप्रसाद सेडाईं, पुरुषोत्तम ढकाल, निलम ढकाल, छत्रबहादुर कार्की, मानबहादुर पौडेल, चन्द्रप्रसाद रिजाल र मोहन राजवंशीले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ ।

कोटीहोमको विगतको गुरुयोजनालाई आधुनिक तथा प्राविधिक रुपले समयसापेक्ष परिमार्जन गर्ने, विभिन्न धार्मिक अनुष्ठान तथा उत्सवहरुको आयोजन ागर्ने, कोटीहोम क्षेत्रको समग्र भौतिक पूर्वाधार विकासमा जोड दिने, योगी नरहरिनाथको सम्मानमा आकर्षक स्मारक निर्माण गर्ने, कोटीहोममा तपोवनको स्थापना गर्ने, कोटीहोम र धनुषकोटीधाम जोड्ने प्रस्तावलाई सम्बन्धित निकायमा पेश गर्ने लगायतका प्रतिबद्धताहरु लोकतान्त्रिक समावेशी समूहले अघि सारेको छ ।

त्यसै गरी, लीलाप्रसाद अधिकारी, गुरुप्रसाद निरौला र सुदर्शन दाहालले सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । निर्वाचन सम्पन्न गर्न टीकाकुमार पोखरेलको संयोजकत्वमा रमेश खतिवडा र इन्द्रबहादुर रोक्का रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । मतदाता संख्या १४ सय ४३ रहेको छ ।

धार्मिक संस्थामा नेतृत्व चयनका लागि सर्वसम्मत र सहमतिको सट्टा राजनीतिक दलको प्रत्यक्ष संलग्नतामा चुनावी माहौल बनिनु र दलहरुको ध्रुबीकरणका आधारमा प्यानलहरु बनिनुलाई धेरैले दुर्भाग्यपूर्ण भनेका छन् ।

अर्कातर्फ बौद्धिक समाजसेवी व्यक्तित्व नबलकिशोर दत्तको नेतृत्वमा साझा प्यानल बनेको छ । लामो समय शिक्षण पेशामा रहेर काम गरेका दत्त सुरुङ्गा क्षेत्रमा सबै जातजाति, वर्ग र पेशाका जनतावीच लोकप्रिय रहेका छन् ।

उनले कोटीहोम समितिमा लामो समयदेखि विभिन्न पदमा रही काम गर्दै आएका छन् । दत्तको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद ओली, उपाध्यक्ष ९धार्मिक क्षेत्र० मा टंकप्रसाद सुवेदी, उपाध्यक्ष पर्यटन क्षेत्र० मा दीननाथ खतिवडा दिनेश०, महासचिवमा डिल्लीराम बाराकोटी, सचिवमा अम्बिका खरेल र कोषाध्यक्षमा नरेन्द्रप्रसाद फुयाँलले उम्मेद्वारी दिएका छन् ।

त्यसै गरी, सदस्यहरुमा दलबहादुर विश्वकर्मा, टीका अधिकारी, श्रीप्रसाद खरेल, चन्द्रप्रसाद भेटवाल, रघुनाथ भट्टराई, गोविन्द चापागाईं, खेम शिवाकोटी, खगेन्द्र अधिकारी, गीता चौहान, ईश्वरा थापा, टीकाराम प्रसाई, गणेशप्रसाद कडरिया, मनोजकुमार शिवाकोटी, खड्गप्रसाद प्रसाई, सोमनाथ खतिवडा र भानुभक्त नेपालको उम्मेद्वारी परेको छ ।

संयुक्त प्यानलले राष्ट्रगुरु योगी नरहरिनाथको अर्धकदको शालिक रहेको आकर्षक पुष्पबाटिका निर्माण गर्ने, कोटीहोम क्षेत्रमा गौमाताको सेवा तथा गौपालनलाई व्यावसायिकता प्रदान गर्ने, कोटीहोम क्षेत्रभित्रका बाटा र बगैंचालाई थप व्यवस्थित बनाउने, कनकाई वन समूहसँग समन्वय गरी औषधिजन्य विरुवा तथा घाँस रोपण गर्ने, कोटीहोम क्षेत्रमा रहेका होटललाई स्तरोन्नति गरिने, कोटीहोम क्षेत्रमा मद्यपान तथा धुम्रपानलाई निषेध गर्ने, संस्थाको चौमासिक आर्थिक प्रतिवेदन सञ्चारमाध्यम मार्फत सार्वजनिक गरिने लगायतका प्रतिबद्धता अघि सारेको छ ।

त्यसै गरी, लीलाप्रसाद अधिकारी, गुरुप्रसाद निरौला र सुदर्शन दाहालले सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । निर्वाचन सम्पन्न गर्न टीकाकुमार पोखरेलको संयोजकत्वमा रमेश खतिवडा र इन्द्रबहादुर रोक्का रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । मतदाता संख्या १४ सय ४३ रहेको छ ।

धार्मिक संस्थामा नेतृत्व चयनका लागि सर्वसम्मत र सहमतिको सट्टा राजनीतिक दलको प्रत्यक्ष संलग्नतामा चुनावी माहौल बनिनु र दलहरुको ध्रुबीकरणका आधारमा प्यानलहरु बनिनुलाई धेरैले दुर्भाग्यपूर्ण भनेका छन् ।

प्रकाशित मिति: २०१९-०४-१८ , समय : १५:१६:२३ , ५ वर्ष अगाडि