Enepal Patra Pvt. Ltd. , १२४२ पटक हेरिएको
लेटाङ २६ चैत । मोरङ जिल्लाको उत्तरी भेगमा पर्ने लेटाङ नगरपालिकाको वार्ड न ९ मा रहेको मोरङी खोला देखि पूर्व तेली धार सम्मको सडक कालोपत्रे गर्न वनेको समितिमा नेपाली कांग्रेललाई वाईपास गरेको भन्दै आपत्ती जनाएको छ ।
वडा समितिले आज बोलाएको भेलामा निर्माणमा पार्टीगत हावी भएर विभिन्न बहानावाजी गरेर कांग्रेससंग आस्था राख्नेहरुलाई समितिमा नराखी पूर्व एमाले र पूर्व माओवादीहरुको साँठगाँठमा समिति तयार गरेको आरोप लागेको छ । समिति वनाउन आएका जनप्रतिनीधिहरुले नै जालसाजी गर्दै कांग्रेसलाई वाईपास गरेको आरोप लागेको छ । २ वजेको भेलामा १ बजेतिर खबर गरेको र आफ्ना पार्टीका मानिसलाई मात्र प्राथमिकतामा राखेर वोलाईएको समेत कांग्रेसले आरोप लगाएको छ ।
उक्त सडक निर्माणका लागि २ वटा समिति वनाईएको छ । मोरङी खोला देखि नमुना वोर्डीङ सम्म एउटा समिति र नमुना वोर्डीङ देखि तेलीधार सम्मको अर्को समिति वनाईएको जनाईएको छ ।
उक्त सडक कालोपत्रे गर्नका लागि प्रदेश सरकार वाट ६५ लाख र वडा नं. ९ लेटाङबाट १५ लाख रकम विनियोजन भएको छ ।
प्रकाशित मिति: २०१९-०४-०९ , समय : १४:०२:४९ , ५ वर्ष अगाडि