नेकपा स्थायी समिति बैठक आज बस्ने

Enepal Patra Pvt. Ltd. , ५३८  पटक हेरिएको

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्ने तय भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुटाउन भन्दै तीन दिन स्थगित बैठक आज बस्न लागेको हो । नेकपाभित्र जारी विवाद सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि झनै तनावपूर्ण बनेको छ । स्थायी समिति बैठकले प्रधानमन्त्रीले ल्याएको विधेयकका विषयमा पनि छलफल गर्नेसम्भावना छ ।

 

प्रकाशित मिति: २०२०-१२-१६ , समय : ११:२२:२४ , ३ वर्ष अगाडि