गजुरमुखी जेभिकाे बारम्बार लापरबाही सम्बन्धित निकाय मौन माैन

Enepal Patra Pvt. Ltd. , ३३७  पटक हेरिएको

रंगेली २४ मंसिर । बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्डको सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गि टाेल नजिकै हुलाकी सडक निर्माणका भईरहेत पनि ठुला कम्पनी हरुकाे बारम्बार चरम लापरबाही हुने गरेको पाईएकाे छ ।

साे सडकमा अहिले ठाउँ ठाउँमा कल्भट निर्माणकार्य भईरहेता पनि ठेक्केदार कम्पनी ले भने कल्भट निर्माण मा कमसल ईट्टा प्रयाेग गरिरहेकाेे र सिमेन्ट समेन्ट समेत डल्लो भएको प्रयोग गरेकाे पाईएकाे छ । साे ठाउँमा गाउँ नभएको र सुनसान ठाउँ भएको मैका छाेपि ठेक्केदार कम्पनी का प्रमुख हरु कै निर्देशन मा कमशल काम गर्ने लगाएकाे स्थानीय काे आराेप लगाएका छन । केहि सात अगाडि समेत साेहि ठाउँमा ३ नम्बर ईट्टाकाे प्रयोग गरेको भेटिएको र पुनः जमेकाे सिमेन्ट समेत प्रयोग गरेको भेटिएको छ । हुलाकी सडक का प्रमुख दिपेन्द्र पाण्डे का अनुसार कमशल काम गरेको पाईएमा निर्माण गरिएको कलभट पुनः भत्काएर नयाँ निर्माण गर्ने लगाउने बताए । गजुरमुखी मोतीदान जेभि का कन्ट्याक मेनेजर दिपक बाेहराका अनुसार आफुहरु ले स्टाेक गरेर राखिएको सिमेन्ट भएको हुनाले डल्ला परेकाे सुईकार गरेका छन । रतुवा डाइनिया रंगेली सेक्सन अन्तर्गत ० किमी देखि १६ं५०० किमी सम्मको खण्ड कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ ।

उक्त कम्पनी काे दुई खण्डमा गरि साे सडक कालोपत्रे गर्न ७७ कराेड ६७ लाख६५ हजार८ सय ४२ रुपैयाँ ठेक्का पाएकाे छ । बारम्बार लापरबाही गर्दा समेत सम्धित निकाय ले बेवास्ता गर्दा ठेक्केदार कम्पनी हरुलाई उन्मुक्ति दिएकाे साेझाै अनुमान लगाउन सकिन्छ । सम्धित निकायले यस बिषयमा समयमै ध्याना दिनु जरुरी देखिन्छ ।

प्रकाशित मिति: २०२०-१२-०९ , समय : १७:१९:२४ , ३ वर्ष अगाडि