पार्टी सभापति केरुङ्गको पाचथर काङ्ग्रेसमा दादागिरि

Enepal Patra Pvt. Ltd. , १५५६  पटक हेरिएको

पाँचथर १३ चैत । नेपाली कांग्रेसका पुर्ब महामन्त्री एबं उपप्रधानमन्त्री प्रकाशमान सिंह जिल्ला दौडाहाको कार्यक्रममा निस्कने क्रममा मङ्गलबार पाँचथर आइपुगेका थिए । नेता सिंहलाई स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना नेपाली काङ्ग्रेस पाँचथर जिल्ला कार्यसमितिले गरेको थियो । उक्त कार्यक्रममा ने.बि.संघलाई अतिथिको रुपमा नबोलाए पछि ने.बि.संघ जिल्ला अध्यक्ष तुलसी आचार्य सहित बिद्यार्थी नेताहरुले पार्टि सभापतिको विरुद्ध नारा जुलुस लाएका छन् ।

यसै क्रममा पार्टी सभापती नरेन्द्र केरुङ्ग स्टेजबाट मुनि झरेर बिद्यार्थी संगठनका अध्यक्ष आचार्यलाई बड्ता हुन्छस तेरो मुख सुख फुटाइदिउ जस्ता अपशब्द प्रयोग गरेर सभापतिको गरिमालाइ नङ्याउने काम गरे विद्याथीहरुले आरोप लगाएका छन् । कार्यक्रममा विवाद भएपछि सबै बिद्यार्थीहरुले कार्यक्रम हलबाट सभापतिको अलोकतान्त्रिक चरित्रको बिरोध गर्दै बाहिरिए ।

हाम्रो सम्बादाताले एक बिद्यार्थी नेता सङ्ग कार्यक्रमबारे कुरा गर्दा सभापति केरुङ्ग पहिलाबाटै यहि स्वाभाबको ब्याक्ती अरुलाइ मान्छे नगन्ने पार्टी सभापती भए देखिनै सबै पार्टिको साथिभाइलाई रुष्ट बनाएर हुकुमी शैलिमा अघि बडेकोले गर्दा अघिल्लो चुनाबमा स्वोस्फुर्त जितेको चुनाब पनि हारेको र यहि नेतृत्व पाँचथरमा भईरहेको काङ्ग्रेस सकाउछ हामिलाइ पार्टिको माया छ तर केरुङ्गले आफू मात्र काङ्ग्रेस देख्ने गरेको गुनासो पोखे१कार्यक्रममा बिहान देखिनै ने.बि. संघ अध्यक्ष आचार्यलाई अतिथी आशन नगराउने कुरामा सभापती केरुङले जोड दिएको काङ्ग्रेस कार्यकर्ताहरुले बताए । त्यसो गर्नु हुन्न भन्दा तुच्छ शब्दमा त्यसले लोकतान्त्रिक फोरम बिद्यार्थी संगठनलाई ने.बि. संघमा मलार्इ थाहा नदिइ मिलाएको कुरा बताए । तर यहि कुरा हाम्रो सम्बादाताले ने.बि.संघ आचार्यलाई बुज्दा केन्द्रिय समितिका तत्कालीन अध्यक्ष नैनसिंह महरले चाडो मिलाउनु भनेको हुनाले केन्द्र समितिको जिम्मेवार ने.बि. संघको नेताहरु सङ्ग छलफल गरेर मिलाएको बताए । यसले जिल्लामा संगठनलाई फाइदानै भएको छ,पार्टी मिलेर अघि बडि सक्यो केन्द्र मिलि सक्यो तर जिल्ला मिलाउदा हाम्रो सभापतिलाइ किन टाउको दुखेको हो मैले बुझ्न सकेको छुइन उहाँले वताउनुभयो । अन्तमा अध्यक्ष आचार्यले आज धेरै कुरा हुन्थ्यो तर सभापति केरुङ्ग जस्तो हाम्रो आचारण नरहेकोले गर्दा केन्द्रको नेता आउदा हामिले धेरै संयमता अपनाएको हो ,हामी सङ्ग सस्कार छ आज केरुङ्ग जस्तै गरेर अघि बडेको भए केन्द्रमा जिल्लाको सन्देश राम्रो जादैन थियो र नै हामि चुप बसेको हौ आज पार्टी सभापतिले गरेको गतिबिधिको बिषयमा पार्टी बैठक चाडो बसेर बिद्यार्थी संगठनलाई न्याय दिनु पर्छ । सभापति मात्र पार्टी होइन सभापती केरुङ्गले आज गरेको गल्ती स्विकार्नु पर्छ भन्दै अलि आक्रोश रुपमा अध्यक्ष आचार्यले हाम्रो सम्बादातालाई बताए ।

प्रकाशित मिति: २०१९-०३-२७ , समय : ११:२५:१७ , ५ वर्ष अगाडि