पथरीशनिश्चरे प्रिमियर लिग टी 20 क्रिकेट प्रतियोगिता काे फाइनल आइतबार हुने

Enepal Patra Pvt. Ltd. , ८५६  पटक हेरिएको

पथरीशनिश्चरे , ३ असाेज । पथरीशनिश्चरे प्रमियर लिग टी-20 क्रिकेट प्रतियोगिताकाे फाइनल खेल आइतबार हुने भएको छ ।
गत भदौ २५ गते सुरु भएको प्रतियोगितामा ५ टिमले प्रतिष्पर्धा गरिरहेका छन् । काेराेना कहरकाे त्रास विश्वब्यापी रुपमा फैलिरहेकाे बेला पनि आयाेजकले दैनिक २ वटा खेलकाे आयाेजना गरि खेलकाे अन्तिम प्रतिस्पर्धा आइतबार गर्न लागिएको हाे । पथरीशनिश्चरे नगरका ५ वटा टिमले अक्सन माध्यमबाट खेलाडी खरिद गरि लिगमा प्रतिस्पर्धा गरेकाे आयाेजक समितिका अध्यक्ष अरुण राईले बताउनु भयो ।
फाइनल खेलमा सात बाघ कीर्तिपुर र राेयल किङ पथरीशनिश्चरे १ बीच हुनेछ । सात बाघ हाल सम्म अपराजित हुँदै फाइनलमा पुगेको हाे भने राेयल किङ्स शनिवार भएको खेलमा बुद्ध युनाइटेडलाई पराजित गर्दै उपाधि भीडन्तका लागि छनाैट भएको हाे । प्रतियोगितामा मंगलबारे लिजेन्ट्स पथरीशनिश्चरे १० र हाइवे सुपर स्टार पथरीशनिश्चरे १ ले पनि लिगमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अवधिभर लिग चरणमा १० वटा खेल भए । त्यस्तै लिग चरणमा दाेस्राे र तेस्रो भएका टिमबाट फाइनल खेल्ने टिमकाे छनाैट भएको छ ।
पथरीशनिश्चरे प्रिमियर लिग आयाेजक समितिले दिएको जानकारी अनुसार प्रथम पुरस्कार ४० हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्र रहेको छ । यस्तै उप विजेतालाई १५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । प्रथम पुरस्कार र ट्रफि अन्नपूर्ण अंग्रेजी माध्यमिक विद्यालयले प्रायाेजन गरेको छ । यस्तै खेल अवधिमा उत्कृष्ट ब्याटिङ गर्ने ब्याट्स मेन,वलरलाई समेत १ हजार नगद सहित पुरस्कृत गरिनेछ । यसैगरी म्यानअफ सिरिज, उत्कृष्ट क्याच, उदयीमान खेलाडीलाई नगद १ हजार सहित पुरस्कार प्रदान गरिनेछ । पूर्वमा पहिलोपटक हुन लागेकाे प्रिमियर लिग टिट्वान्टी क्रिकेट प्रतियोगिता आयाेजना गर्न पथरीशनिश्चरे नगरपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
डाँस माेरङ्गी सामुदायिक वनले संरक्षण गरेकाे कानेपाेखरी – ७ स्थित क्रिकेट पीचमा भइरहेको खेलमा सहभागी हुन ३ सय बढि खेलाडीले अक्सनमा सहभागीता जनाएका थिए ।बिदेशमा भएका क्रिकेट प्रेमी पथरीशनिश्चरेबासी साथीहरूबाट प्राप्त सहयाेग र स्थानीय दाताहरूकाे चन्दाबाट प्रतियोगिता आयाेजना भएको आयोजक समितका अध्यक्ष अरुण राईले बताउनु भयो । उहाँले भन्नुभयो – खेलाडी खरिदका लागि अधिकतम ११ हजार रुपैयाँ ताेकिएकाे छ भने प्रतियोगितामा सहभागी टिमले ७ हजार रुपैयाँ सहभागीता शुल्क तिरेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न २ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०२०-०९-१९ , समय : १९:१८:१२ , ४ वर्ष अगाडि