माेरङ (३) क काे प्रदेश सभापतिमा याक्खाकाे माग

Enepal Patra Pvt. Ltd. , १५६३  पटक हेरिएको

बेलबारी,२१ भदाै । माेरङकाे बेलबारी,पथरीशनिश्चरे र कानेपाेखरीका कांग्रेस कार्यकर्ताले निर्वाचन क्षेत्र नं.३(क) काे प्रदेश सभापतिमा बेलबारी १० का गंगाबहादुर याक्खाले उमेदवारी दिनुपर्ने माग गरेका छन् ।
बेलबारी १० काे वडाध्यक्ष समेत रहनु भएका याक्खा बाेलीलाई भन्दा कामलाई महत्त्व दिने कार्यकर्ताकाे भनाइ छ ।थीरनाथ सम्फुल माविमा अध्ययन गर्दा २०४८-०४९ सालमा नेविसंघकाे कार्यकर्ता भएर राजनीति सुरु गर्नु भएका याक्खाले धेरै वटा सामाजिक संघ संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएको छ । अहिलेसम्म कहिल्यै बिबादमा नपर्नु भएका याक्खाकाे यही गुणका कारण उहाँलाई सभापति बनाउनु पर्ने बेलबारी १० का मदन भण्डारी बताउनु हुन्छ ।भण्डारी भन्नुहुन्छ – उहाँ पार्टीमा मात्रै हाेइन,अन्तरपार्टीमा पनि लाेकप्रिय हुनुहुन्छ ।त्यसैले उहाँले बेलबारी १० काे वडाध्यक्ष जित्नुभयाे । उहाँको जीतले मात्रै भए पनि कांग्रेसले छाति फुलाउन पायाे ।
याक्खा थाेरै बाेल्नु हुन्छ, तर जति बाेल्नु हुन्छ । बाेलेकाे काम गरेरै छाेड्नु हुन्छ ।भाउन्ने युवा क्लबकाे अध्यक्ष हुँदा हाेस या सिर्जना सामुदायिक बनकाे अध्यक्ष हुँदा ।उहाँले पुरै भाउन्ने र डाँगीहाटबासीकाे मन जित्नु भयाे ।स्थानीय धर्मेन्द्र लिम्बू संस्मरण गर्नुहुन्छ -“क्लब स्थापना,दर्ता ,जग्गा प्राप्ति र जग्गामा भबन निर्माणकाे काममा याक्खाले आफ्नो अगुवाइ गर्नुभयाे ।” क्लब स्थापना भएसँगै युवाहरू खेलकुदमा ब्यस्त भए । प्रतियोगिता हरु निरन्तर हुन थाले । क्लब अझैसम्म चलिरहेको छ ।
१२ ओैं महाधिवेशनमा कांग्रेसकाे क्रियाशील सदस्यता प्राप्त गरेपछि याक्खा पार्टीको राजनीतिमा ओैपचारिक रुपमा प्रवेश गर्नुभएको हाे ।१३ ओै महाधिवेशनमा साविक डाँगीहाट ४ काे उप सभापतिकाे जिम्मेवारी पाउनु भएका गंगाबहादुरले राज्य पुनसंरचना पछि डाँगीहाट ४ र १ मिलेर बनेको बेलबारी नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसबाट वडाध्यक्षकाे टीकट पाउनु भयाे । याक्खाले टिकट मात्रै पाउनु भएन । चुनाव नै जित्नुभयाे ।
सिर्जना सामुदायिक बनकाे अध्यक्ष भएर १३ महिना काम गर्दा याक्खाले भुमाफियाले वर्षाैं देखि ओगटेको सरकारी जमिन फिर्ता दिलाउनुभयाे । समुहले काम गरेपनि याक्खा ले जग्गा फिर्ता गर्ने काममा उल्लेखनीय भुमिका निर्वाह गरेको स्थानीय उपभोक्ता बताउँछन् । झन्डै २२ बिगाहा जमिन भुमाफियाले आफ्नो नाममा दर्ता गरेका थिए । त्याे जग्गा प्राप्तिका नाममा हरेक वर्ष सामुदायिक वनले ८ लाख बढी रुपैयाँ खर्च गर्थ्याे । बनमा याक्खाकाे प्रवेशले जग्गा फिर्ता मात्रै आएन, बर्सेनि हुने लाखौं खर्च पनि हुन छाेड्याे । याक्खा कै कार्यकालमा बन समुदायलाई हस्तान्तरण भयो ।

पार्टीमा गुटगत राजनीति पटक्कै मन नपराउने याक्खा नेपाली कांग्रेसकाे नेता भएकोले उहाँलाई सभापति बनाउनु पर्ने धारणा राख्नुहुन्छ ,स्थानीय हरिलाल पुरी । पुरीले भन्नुभयो – वडाध्यक्ष हुँदा उहाँले सबैलाई मिलाएर काम गर्नु भएको छ।त्यस्तै पार्टीमा पनि उहाँको भुमिका बिबाद रहित हुने आशा गरेका छाैं ।
बेलबारीमा मात्रै हाेइन,पथरीशनिश्चरे र कानेपाेखरीमा पनि याक्खालाई सभापति बनाउनुपर्छ भन्ने कार्यकर्ताको संख्या बढ्दै गएकाे छ । नागरिकको काम नगर्ने ,भाषण र आश्वासन बाढ्ने भन्दा बाेलेकाे कुरा पुर्याउने नेता नै आजकाे माग हाे,पथरीशनिश्चरेका एक कार्यकर्ताले भन्नुभयो ।
वीवीएस सम्मको अध्ययन पूरा गर्नु भएका ४१ वर्षीय याक्खाले साथीहरूले सभापतिमा उठ्न प्रेरित गरिरहेकाे बताउनु हुन्छ । उहाँले भन्नुभयो – राजनीतिमा प्रवेश गरेपछि पार्टीको कुनै न कुनै जिम्मेवारीमा मा रहनै पर्छ ।आम साथीहरू, अग्रज अभिभावकहरु र शुभेच्छुकहरुले सभापति मै उठ्नु पर्छ,भनिरहनु भएको छ । उहाँले कुनै नेता विशेष र गुट विशेषलाई बलियो बनाउने भन्दा कांग्रेस पार्टीलाई संगठित र बलियो बनाउने आफुसँग खाका रहेको समेत बताउनुभयो ।धेरै हल्ला गरेर पार्टी बलियो हुँदैन । कार्यकर्ता र साधारण सदस्यहरुकाे हुनसक्ने काम सहजरूपमा गरिदिन सक्नुपर्छ ।

प्रकाशित मिति: २०२०-०९-०६ , समय : २०:३८:३४ , ४ वर्ष अगाडि