कांग्रेस नेता ढकालले गरे फुड बैंकलाई खाध्यान्न सहयोग

Enepal Patra Pvt. Ltd. , ८९८  पटक हेरिएको

पथरी ,१४ भदौ । युवा समाजसेवी राजेन्द्रप्रसाद ढकालले माेरङका विभिन्न स्थानमा खुलेका फुड बैंकलाई खाध्यान्न सहयोग गर्नु भएको छ ।
आइतबार माेरङकाे कानेपाेखरी ७ र पथरीशनिश्चरे १० पुगेर उहाँले १०/१० बाेरा चामल र ५/५ किलाे साेयाविन उपलब्ध गराउनु भएको हाे ।
नेपाली कांग्रेस माेरङकाे जिल्ला सदस्य समेत रहनु भएका ढकाल काेराेना कहरले थलिएका अति विपन्न परिवारलाई थाेरै भए पनि राहत पुगाेस भनेर सहयोग गरेको बताउनु भयो ।
कानेपाेखरीमा नेपाल रेडक्रस साेसाइटी,बयरवन उपशाखा ,रमाइलो जेसीज,ब्यापार प्रबन्ध समिति कानेपाेखरी र लायन्स क्लव अफ कानेपाेखरीले वडा न ७ काे वरगाछीमा फुड बैंक स्थापना गरेकाछन् ।
यस्तै पथरीशनिश्चरेकाे वडा न . १० मा समेत फुड बैंक स्थापना गरिएको छ।पथरी पुग्नु भएका ढकालले खाध्यान्न प्रदान गर्दै गरिव र विपन्न वर्गकाे चुल्हो ननिभाेस भनेर सहयोग गरेको बताउनु भयो ।
काेराेना महामारी सुरु भएपछि अग्रपंक्तिमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएकाे ढकालकाे टाेली अर्जुन गजुरेल ,समीर बस्नेत, देव श्रेष्ठ ,रमेश खड्का ,राजिब रिमाल
सुबाश पान्डेलगायत हुनुहुन्छ ।उहाँहरुले यश अघि इलाका प्रहरी कार्यालय पथरी र बेलबारीलाई आधुनिक हात धुने मेसिन, विभिन्न प्रहरी कार्यालयका लागि मास्क र सेनिटाइजर लगायत स्वास्थ्य सामग्री प्रदान गर्नु भएको थियोे ।

प्रकाशित मिति: २०२०-०८-३० , समय : २०:०९:१२ , ५ वर्ष अगाडि